शुक्रबार , असार ४, २०७८

सियोनको लागि पौल शाहले गरे दशैंको टीकाको दिन दशैं दक्षिणा स्वरुप एक लाख सहयोग… हेर्नुहोस्।

कार्तिक १२, २०७७ बुधबार 2

काठमडौं : यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

यस्तैमा नायक पल शाहले भने अलि फरक तवरले आफ्नो टीका तस्वीर सार्बजनिक गरेका छन्। शाहले टीका पछि तस्वीर आफ्नो फेसबुकमा सार्बजनिक गर्दै जीवन मर’णको बाजि खेलिरहेकि १३ महिने सियोना श्रेष्ठको लागि आर्थिक सहयोग गरेको पनि जानकारी गराएका छन् ।

उनले सियोनाको सिघ्र स्वस्थ्य लाभको कामना गर्दै पल र उनको परिवारको तर्फबाट दशै र दक्षिणा स्वरुप १ लाख नगद हस्तान्तरण गरेको खुलाएका छन् ।सियोनाको उपचार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ ।

जसमा केही नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् । तर, थोरै सेलिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आग्रह गरेकि छन् ।यसअघि अभिनेत्री वर्षा राउतले ३० हजार,

गायक बुद्ध लामाले १० हजार, हास्यकलाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग गरे भने यता परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै सुरु गरेकी छन् । जहाँ बिक्री भएर आएको रकम सियोनाको उपचारमा खर्च हुनेछ । यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन्।

उनले फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मार्फत सहयोग गरेको लेखेकी छन् ।हालसम्म देश तथा बिदेशबाट ७ करोड बढी नेपाली रुपैयाँ जम्मा भएको जानकारी आएको छ । छोटो समयमा धेरै पैसा संकलन भएको छ तर,

सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । कसियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृ’त्युसम्म हुने जस्ता लक्षण देखिन्छ ।

जस्का कारण यतिबेला मृ’त्यु जित्न सं’घर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् । १३ महिना भएकी सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ ।

तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ ।

जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ ।

प्रतिकृया दिनुहोस्