आइतबार , जेठ ३०, २०७८

केपी ओलीविरु’द्ध प्रचण्ड–नेपालको अविश्वासको प्रस्ताव ल्याउने तयारीमा !

कार्तिक १५, २०७७ शनिबार 1

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरविरो’ध झनै च’र्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको ओलीनिकट नेताहरू बताउँछन् ।
पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको ओलीपक्षको भनाइ छ । पार्टीभित्र वि’वाद झाँगिएपछि गत वैशाख १७ गते पनि दुवै पक्षले संसदीय दलमा बहुमत सिद्ध गर्न हस्ताक्षर गरेका थिए ।

ओली पक्षले हस्ताक्षरमा बहुमत जुटाउन नसकेपछि प्रचण्डसँग समझदारी गरेर तत्कालका लागि विवाद साम्य तुल्याएका थिए ।
बिहीबार ओलीनिकट नेताहरूको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल उपस्थित थिए ।

प्रधानमन्त्री कार्यालयमै भएको भेटमा भर्खरै उक्त कार्यालय हेर्नेगरी जिम्मा पाएका ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी रहेको स्रोतले पुष्टि ग,र्‍यो । भेटमा अविश्वासको प्रस्ताव ल्याउने तयारीबारेको पनि चर्चा चलेको एक नेताले जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन् भन्ने सूचना पाएको छु,” एक नेताले भने, “प्रधानमन्त्री ओली र पार्टी अध्यक्षबीच पछिल्लो समय संवाद नै हुन सकेको छैन । तिक्तता झनै बढेर गएको छ ।” यसैकारण प्रचण्ड–नेपाल समूह झस्किएको बालुवाटार स्रोत बताउँछ ।

त्यस्तै प्रचण्ड–नेपाल समूहले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेर नेताबाट हटाउने तयारी गरेको पनि आशङ्का गरेको छ । संसदीय दलमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत पुग्ने उनीहरूको विश्वास छ ।

माधव नेपाल पक्षका केन्द्रीय सदस्य मेटमणि चौधरी प्रधानमन्त्रीमाथि केही न केही ‘एक्सन’ हुनसक्ने बताउँछन् । एक्सनको प्रकृति कस्तो हुन्छ भनेर उनले खुलाएनन् ।

प्रधानमन्त्रीले कुनै सहमति कार्यान्वयन नगरेकाले यसपटकको विवाद चर्को हुने उनको भनाइ छ ।

अब प्रधानमन्त्री ओलीले दसैंपछि वृहत हिसाबले मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी सहमति खोज्नुपर्ने छलफलमा निचोड निस्किएको ती सदस्यको दाबी छ ।

प्रतिकृया दिनुहोस्