आइतबार , जेठ ३०, २०७८

हेलि चार्टर गरेर तिलिचो ताल पुगेका पर्यटन मन्त्री भट्टराई भने-तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा !

कार्तिक १६, २०७७ आइतबार 0

पर्यटन तथा उडड्यन मन्त्री योगेश भट्टराई विश्वकै अग्लो स्थानमा रहेक़ो तिलिचो ताल पुगेका छन्। शनिबार हेलिकप्टर चार्टर गरी मनाङ पुगेका पर्यटन मन्त्री भट्टराइले मनाङका पर्यटकीय गन्तव्यहरुको स्थलगत भ्रमण गरेका हुन्।

शनिबार काठमाडौबाट मनाङ पुगेका उनले मनाङमा रहेको तिलिचो ताल पुगि तिलिचो धर्तीको स्वर्गको टुक्रा रहेको बताए।
देश मात्र नभई विश्व नै कोरानाले आक्रान्त भएको भन्दै उनले बिस्तारै आन्तिरक पर्यटन प्रव’र्द्धन गरिने त्यस क्रममा बताएका छन्। स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका थप पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए।

त्यस्तै उनले एग्रो मनाङ प्रलिको पनि भ्रमण गरेका थिए। उनले यस क्रममा हिमालय स्याऊ फार्म र फ्याक्ट्रीको पनि अवलोकन गरेका थिए। उनीसँगै सांसद पोल्देन छोपाङ गुरुङ, स्थानीय जनप्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलगायत सहभागी थिए।

उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए । उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरे । सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करीब पाँच लाख बि’क्री गरिन्छ ।

केही वर्षपछि करीब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ । सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्वमा स्याउ प्र’वर्द्धन भइरहेको जनाइएको छ । अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विवि’धता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

उनीसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायब उपरीक्षक मेखबहादुरलगायत सहभागी भएका थिए । आजै नेपाल कम्यु’निष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य भट्टराईको उपस्थिति तथा प्रतिनिधिसभा

सदस्य एवं नेकपा गण्डकी प्रदेशका सदस्य एवं जिल्ला कमिटी
मनाङका अध्यक्ष गुरुङको अध्यक्षतामा प्रथम पटक नेकपा मनाङ सचिवालय बैठक सम्पन्न भएको नेता चिन घलेले जानकारी दिए । (तस्बिर-मन्त्री भट्टराईको फेसबुकबाट)

मनाङको स्थलगत भ्रमणपछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमा तस्बिरहरु राख्दै लेखेका छन् !

विश्वकै अग्लो स्थानमा रहेक़ो मनांग ज़िल्लामा अवस्थित तिलिचो ताल धर्तीको स्वर्गको टुक्रा हो । स्थलगत अबलोकनकाक्रममा थप प्रवर्द्धन गर्नु पर्ने साथै पुर्बाधारको विस्तार गर्नु पर्ने महसुस भयो । यसमा तत्काल केहि कदम चालिने छ ।
हाल बर्षमा करिब ५ लाख kg स्याऊ बिक्री गर्ने र केहि वर्ष पछि करिब २० लाख Kg उत्पादन र बिक्री गर्न सक़्ने क्षमताको हिमालय स्याऊ फार्म र फ्य’क्ट्रीको अवलोकन अनुकरणीय लाग्यो ।

माननीय पल्तेन गुरूँगजीको नेतृत्वमा यो सबै भैरहेको कुरा सबैका लाग़ी थप उत्साहको बिषय हो ।
अन्नपूर्ण र मनास्लु हिम श्रेंग़खलाको काखमा रहेको मनांग ज़िल्ला भौगोलिक विविधता र प्रकृतिक सुन्दरताले भरिपूर्ण छ ।
धन्यवाद माननीय पाल्तेनजी, स्थानीय जनप्र’तिनिधिज़्यूहरू, CEO NTB, CDO, DSP, केसी गुरूँगजी र सबै सहभागीहरूलाई ।

प्रतिकृया दिनुहोस्