शुक्रबार , असार ४, २०७८

नेता खनाल भन्नुहुन्छ : प्रचण्डसँग ओलीले पार्टीको निर्णय मान्दिन भन्नुभएछ, अब ग’म्भीर सं’कट आयो !

कार्तिक १६, २०७७ आइतबार 8

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्र उत्पन्न वि’वादले पार्टी फुटको संघारमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल यतिवेला वारपारको अवस्थामा पुगेका छन् ।

हिजोमात्रै दाहालले १२ दिनपछि ओलीसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । उक्त भेटमा ओलीले ‘अब सँगै जान सकिँदैन्, अलग अलग जाऔं’ भनेर आफूसँग भनेको दाहालले आज सचिवालयका ६ जना बहुमत सदस्य सम्मिलित भेलामा ब्रिफिङ गरेका थिए । उक्त भेलामा दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादल सहभागी थिए ।

दाहाल क्याम्पमा सचिवालयका ६ जना, ओलीले अब अलग–अलग जाऔं भनेको दाहालको ब्रिफिङ ,नेकपा वि’वाद उत्कर्षमा, बालुवाटार र खुमलटारमा बेग्लाबेग्लै रणनीतिक छलफल ,लेनदेनको व्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भैहाल्छ नि : बाँस्कोटा

यतिवेला पार्टी एकता ग’म्भीर संक’टको मोडमा आईपुगेको छ : महासचिव पौडेल भेलामा सहभागी नेता खनालले दाहाल निवास खुमलटारामा भएको भेटवार्ताबारे रिपोर्टर्स नेपाल डटकमसँग यसरी सुनाए,‘हिजो अध्यक्ष कमरेड दाहालले प्रधानमन्त्री ओलीजीसँग भेट्नुभयो ।

उहाँले प्रचण्ड क’मरेडसँग म पार्टीको निर्णय पनि मान्दिन् । तपाईले जे निर्णय गरे म त्यही मान्छु ? मलाई असहयोग गर्ने ? भनेर भन्नुभयो अरे । उहाँले अलग अलग भएर जाऔं भनेर पनि प्रस्ताव गर्नुभयो अरे । आज प्रचण्डजीले हामीलाई यही ब्रिफिङ गर्नुभयो । हामी छलफलमा छौं । पार्टीभित्र ग’म्भीर संकट आयो । कसरी एकता बचाउने भन्नेबारे हामी छलफलमा छौं ।

प्रतिकृया दिनुहोस्