शुक्रबार , असार ४, २०७८

ईश्वर पोखरेल भन्नुहुन्छ : एकताका बेला गरिएको सहमति विपरीत खेल खेल्न खोज्दा विभाजनको दु-र्भाग्य निम्तिन लाग्यो…हेर्नुहोस् ।

कार्तिक १७, २०७७ सोमबार 3

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता हुनुभन्दा पहिलेका समूहसँग समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दु-र्भाग्य निम्तिन लागेको बताएका बताउनुभएकाे छ ।

साेमबार उहाँले समाजिक सञ्जाल फेसबुकमार्फत सो अभिव्यक्ति दिनुभएकाे हाे । ‘एकताका बेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दु-र्भाग्य निम्तिन लागेको हो’, ट्विटरमा पोखरेलले लेख्नुभएकाे छ ।

त्यस्तो दु-र्भाग्य निम्त्याउनेहरूलाई बेलैमै चिनेर खबरदारी समेत गर्न उहाँले आग्रह गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘त्यस्तो दु-र्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खबरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !

पछिल्लो समय नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वि,वाद चुलिँदै गएको छ । गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो ।

भेटमा प्रचण्डले प्रधानमन्त्री पद मागेको समेत समाचारहरू बाहिरिएका थिए । आइतबार खुमलटार भेलामा प्रचण्डले दुई अध्यक्षबीचको भेटलाई ब्रिफिङ गर्दै ओलीले पार्टी फुटाउन चाहेको बताउनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्