आइतबार , जेठ ३०, २०७८

बुटवलमा ‘राजा आऊ देश बचाऊ’ भन्दै बृहत् मोटरसाइकल र्‍याली…हेर्नुहोस् ।

कार्तिक १७, २०७७ सोमबार 0

बुटवल : रुपन्देहीमा राजाको सक्रिय भूमिकाको माग गर्दै आज बृहत् मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ । वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश

बचाऊ’ भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने
मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा मोटरसाईकल र्‍यालीको आयोजना गरिएको हो । र्‍याली ट्राफ्रिक चोकमा आएर कोषसभामा परिणत भएको थियो । उक्त अवसरमा वीर गोर्खालीका अभियन्ता बिक्रम पाण्डेयले राजसंस्थाको आवश्यकता अहिले झन् झन् बढेको दावी गरे ।

उनले हिन्दु अधिराज्य कायम गर्नुपर्ने, राष्ट्रिय अखण्डता कायम हुनुपर्ने लगायतका माग राखेका थिए । यसअघि असोज २४ गते काठमाडौंमा पनि यस्तै र्‍यालीको आयोजना गरिएको थियो । संस्थाले यस्तो अभियान देशका अन्य ठाउँहरु पनि गर्ने जनाएको छ ।

यो पनि

म्यादीका विद्यालयले कक्षा ११ को परीक्षा लिन थाले !

म्याग्दी, १७ कार्तिक । यहाँका सामुदायिक विद्यालयले कोरोना भाइरस (कोभिड१९) का कारण स्थगित परीक्षा लिन थालेका छन् । कोरोना रोकथाम सम्बन्धि जनस्वास्थ्यका मापदण्डको प्रयोग गरी बेनी नगरपालिका–५, पौलस्त्य माविमा आइतबारदेखि कक्षा ११ को आन्तरिक परीक्षा सञ्चालन गरिएको छ ।

परीक्षा सञ्चालन गर्न शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीले ८ बुँदे मापदण्ड लागु गरी परीक्षा सञ्चालन भइरहेको छ । त्यस्तै पुलाचौरकै जनकल्याण माविमा समेत सोमबारदेखि नै कक्षा ११ को परीक्षा सुरु भएको विद्यालयले जनाएको छ । विद्यालयले परीक्षा सञ्चालनमा मास्क, सेनिटाईजर, एउटा बेन्चमा एक विद्यार्थीका साथै भौतिक दुरीलाई प्राथमिकता दिएका छन् ।

त्यस्तै ज्वरो, रुघाखोकीको समस्या भएका विद्यार्थी भएमा एउटा छुट्टै कोठामा राख्न अनुरोध गरिएको शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताए । कोरोनाको जोखिमसँगै घरमा रहेका विद्यार्थीलाई विद्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

परीक्षामा मापदण्डको प्रयोग लगायतका विषयमा शिक्षा विकास समन्वय इकाई, स्थानीय तहको शिक्षा शाखाका साथै जनप्रतिनिधिले समेत अनुगमन गरेका छन् । म्याग्दी बहुमुखी क्याम्पस सहित म्याग्दी जिल्लामा ११ सञ्चालन रहेका विद्यालयको संख्या २१ रहेको छ ।

प्रतिकृया दिनुहोस्