शुक्रबार , असार ४, २०७८

नेपाल-प्रचण्ड पक्षका यी ११ शक्तिशाली नेता ओलीको कित्तामा…हेर्नुहोस् ।(लिस्टसहित)

कार्तिक १८, २०७७ मंगलबार 2

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय बढ्दै गएको वि’वादमा गुट उपगुटले आफ्नो पक्षको नेतालाई अप्ठ्या’रो परिस्थितिमा साथ दिन खोजेको प्रष्टै देखिन्छ ।

नेकपामा बिशेषतः ३ गुट माकुने माधव कुमार नेपाल, प्रचण्ड र ओली छन् । कार्यकारी अध्यक्ष प्रचण्डले नेपाल, झलनाथ खनाल लगायत नेताहरूसँग मिलेर ओलीइतर समूह निर्माण गरिरहदा पूर्व माओवादीका नेताहरू ओलीको कित्तामा पुगेका छन् ।

यी नेताहरुले पछिल्लो समय प्रधानमन्त्री ओलीको खुलेरै समर्थन तथा सरकारको सार्वजनिक रुपमै समर्थन र वचाउ गरेका थिए । रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट प्रचण्ड–माधव पक्षको बैठकमा उपस्थित भएनन् ।

रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, देवेन्द्र पौडेल, प्रभु साह, चक्रपाणि खनाल र माधव नेपाल समूहका नेताहरू पर्यटनमन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुषालले पनि ओलीलाई साथ दिँदै आएका छन् ।

यी हुन् ओलीलाई साथ दिँदै आएका नेपाल–प्रचण्ड पक्षका यी ११ नेता:

१.रामबहादुर थापा ‘बादल’२. टोपबहादुर रायमाझी ३. लेखराज भट्ट ४. हरिबोल गजुरे ५. जनार्दन शर्मा

६. मणि थापा ७. घनश्याम भुषाल ८. प्रभु साह ९. योगेश भट्टराई १०. चक्रपाणि खनाल ११. देवेन्द्र पौडेल

ओलीकाे ठाउँमा प्रचण्ड, नेपाल र देउवालाई ल्याए पनि देशको संकट हटाउन सक्दैनन् : कमल थापा

काठमाडाैं : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिलेको नेतृत्वले देशलाई संकटबाट मुक्त गर्न नसक्ने दाबी गर्नुभएकाे छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत देशको समस्या समाधान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको

ठाउँमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ल्याए पनि देशको संकट हटाउन नसक्ने गर्नुभएकाे छ । समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’परिवर्तनको कुनै अर्थ नरहने पनि उहाँकाे भनाइ छ ।

‘केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन समस्याको चक्रव्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ रहँदैन,’ उहाँले ट्वीटरमा लेख्नुभएकाे छ ।

उहाँले नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका बारे पुनर्विचार गर्नुपर्ने बताउनुभएकाे छ । धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्ने उहाँकाे माग छ ।

थापाले ट्वीटरमा लेख्नुभएकाे छ- ‘नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका बारे पुनर्विचार गर्नु जरुरी भएको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ।’

नेकपा नेतृत्वको सरकारसँग भारत संवादहिन अवस्थामा पुगेको र चिनको भरोसा पनि धर्मराएको थापाको दाबी छ। भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागभण्डा कायम गरेका उहाँले बताउनुभएकाे छ ।

‘परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ। नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छिमेकी चीनको भरोसा पनि धर्मराएको छ । भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागभण्डा कायम गरेका छन्,’ थापाले लेख्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस्