आइतबार , जेठ ३०, २०७८

गीत, संगीतको विषयमा भिटेनलाई प’क्राउ गर्नुपर्ने कारण छैन : उच्च अदालत…हेर्नुहोस् ।

कार्तिक १८, २०७७ मंगलबार 2

काठमाडौं : उच्च अदालत पाटनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा र्‍यापर समिर घिसिङ (भिटेन)लाई प’क्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

भिटेनले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर निवेदन दिएकोमा अदालतले नप’क्रन आदेश दिएको हो । उच्च अ’दालत पाटनले आदेशमा भनेको छ, ‘गीत, संगीतको विषयमा उनलाई प’क्राउ गर्नुपर्ने कारण छैन ।’

उच्च अदालत पाटनका मुख्य न्यायाधिस नहकुल सुवेदीको इजालसले भिटेनलाई प’क्राउ तथा धरपकट नगर्न आदेश जारी गरेको हो । भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो युट्युबमा अपलोड गरेका थिए ।

त्यसपछि गीतमार्फत अप’शब्द, अ’स्लिल साथै प्रहरी तथा महिलालाई अपमान गरेको भन्दै प्रहरीमा गुनासो आएपपछि अनुशन्धानका लागि प’क्राउ गर्न साइबर ब्युरोलाई गत बिहिबार प्रहरी प्रधान कार्याललयले पत्र पठाएको थियो ।

भिटेनले त्यसपछि युट्युवबाट म्युजिक भिडियो हटाएका थिए । उनले एक बिज्ञप्ति जारी गर्दै सो गीतसहित भिडियोलाई परिमार्जन गरेर पुन: अपलोड गर्ने प्रतिब’द्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्