शुक्रबार , असार ४, २०७८

नेपालमा प्रधानमन्त्री केपि ओली कै संरक्षणमा भ्रष्टाचार मौलाएको हो !

कार्तिक १९, २०७७ बुधबार 3

काठमाडौ : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा नेपालमा भ्र’ष्टाचार मौलाएको औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले न्यूज एजेन्सी नेपाललाई दिएको अन्तरवार्तामा प्रधानमन्त्रीकै संरक्षणमा नेपालमा भ्रष्टाचार मौलाएको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीको संरक्षणमा ठूला भ्रष्टा’चार काण्ठहरु घटेको र त्यसलाई नियन्त्रण गर्ने निकाय अ’ख्तियार दुरुपयो’ग अनु’सन्धान आयोग खुद्रे मुद्दाहरु बोकेर भ्रष्टा’चार नियन्त्रणको डङ्का पिट्ने गरेको बताएका छन् ।अख्ति’यारले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलको ग’म्भीर ध्यानाकर्षण भएको

भन्दै रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टा’चारीहरु संरक्षित भएको बताएका छन् । बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरण, ओम्नी प्र’करणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टा’चार मौलाएको पु’ष्टि हुने उनको तर्क छ । रेग्मीले भनेका छन्, ‘भ्रष्टाचा’रको मुल भनेको राजनीतिक नेतृ’त्व तह हो ।

तलका खुद्रा, मसिनालाई रोकेर भ्र’ष्टाचार निय’न्त्रण हुने होइन । यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्र्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न । शून्य सहनशीलता अपनाउँछु भन्नुभयो तर व्यवहार मा त्यो उतार्न सक्नुभएन । उहाँको भ्रष्टाचारविरु’द्धको बोली ओठे प्रतिबद्धता मात्रै देखियो, कार्यान्वयनमा देखिएन । त्यसो होइन भने बालुवाटार जग्गा प्रकरणमा आफ्नो महासचिवलाई कुनै गल्ती गरेको छैन भनेर जोगाउनुभयो ।’

यो पनि
शिक्षालाई श्रम र सीपसंग जोड्न शिक्षामन्त्रीको आग्रह!

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई

श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न सकिएमा मात्र गुणस्तरीय र सर्वसुलभ शिक्षाको संविधानको मर्मलाई कार्यान्वयन गर्न सकिने बताउनुभएको हो । उहाँले यसका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकलाई राजनीतिक दलगत सङ्गठनको सक्रियता नभइ कक्षाकोठाको सक्रियतामा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले तराई–मधेसको शिक्षा कुनै बेला सिङ्गो मुलुकलाई उज्यालो छरेका भए पनि हाल पछाडी परेको स्थितिमा मधेसको शिक्षा विकासका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो । मन्त्री पोखरेल कोरोना सङ्क्रमणबाट मुक्त भई मङ्गलबारदेखि बाहिर निस्कनुभएको थियो ।

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले मधेसको शिक्षा सुधारका लागि केन्द्र शासित राजनीतिक प्रणाली विगतमा बाधक रहेकाले अब सङ्घीयता सही कार्यान्वयनबाट शैक्षिक उन्नति कायम गर्नुपर्ने बताउनुभयो । उहाँले दलगत वा नाताका आधारमा नभइ सही ठाउँमा सही र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश न २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाहले पञ्चायतकालमा मधेसमाथि दमन र विभेद गरिएकाले मधेसको शिक्षा पछाडी परेको उल्लेख गर्दै आगामी दिनमा विज्ञहरुको सुझावका आधारमा कार्ययोजना बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको औल्याउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले शिक्षा सामाजिक विकाससँग पनि जोडिएकाले सोचमै रहेको गरिबीलाई हटाउन सकेमा शिक्षामा स्रोत साधनको वितरण गर्न सकिने बताउनुभयो । उहाँले समुदायगत शिक्षकको सङ्ख्यावृद्धि गरी शिक्षकको क्षमतावृद्धिका लागि पनि काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विज्ञ केदारभक्त माथेमा, डा विनय कुसियत, प्रा डा विद्यानाथ कोइराला, टीका भट्टराई, डा सुरेन्द्र लाभ, तुलानारायण साह, अब्दुल रअफ खाँलगायतले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुले साक्षरता, प्राथमिक तहको भर्ना, विद्यार्थी तह पार गर्ने विद्यार्थी आदि सूचकका आधारमा प्रदेश नं २ अरु प्रदेशभन्दा पछाडी परेको अभियानकै रुपमा शिक्षाको रुपान्तरणमा लाग्न आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्