शुक्रबार , असार ४, २०७८

ओलीले पार्टी फुटाए देश र जनताप्रति गद्दारी हुनेछ : भीम रावल !

कार्तिक १९, २०७७ बुधबार 3

काठमाडौं : नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री भीम रावलले तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन्।
नेकपा फुटको संघारमा रहेको नेताहरुको अभिव्यक्तिपछि नेता रावलले स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेको वताइरहेको बेला नेता रावलले थायी कमिटी बैठक बोलाउन माग गरेका हुन्।

नेता रावलले आइतबार साँझ ट्वीट गर्दै ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो।स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस्। यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्ड’नको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ’, भनेका छन्।

आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको भेटघाटमा सँगै हिड्न नसकिएको भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका गरेका थिए।

नेकपा भित्रको विवा’द छताछुल्ल भएको भन्दै छलफलका लागि बैठकको माग !

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरुले पार्टीभित्रको वि’वाद छताछुल्ल भएको भन्दै व्यवस्थित छलफलका लागि बैठकको माग गरेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहीनको अवस्था हुँदा गुटगत राजनीति सक्रिय भएकाले थप समस्या उत्पन्न हुने भन्दै नेताहरुले सचिवालय र स्थायी कमिटी सदस्यको बैठक माग गरेका हुन् ।

यता, दोश्रो तहका नेताहरु भने अध्यक्षद्वयबीच संवाद सुरु गरेर फुटको संघारबाट जोगाउने कसरतमा लागेका छन् । गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य घनश्याम

भुषाल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङलगायत नेताहरु सक्रि’य भएका छन् । गृहमन्त्री थापाले विवाद साम्य पार्न दुई अध्यक्षलाई भेटेर चार बुँदे अव’धारणासमेत दिएका थिए ।

उता, वि’वाद म’त्थर पार्न राष्ट्रपति विद्यादेवी भण्डारीको पनि सक्रियता बढेको छ । राष्ट्रपतिले उपाध्यक्ष बामदेव गौतमलाई वि’वाद समाधान गर्न अहम भू’मिका खेल्न आग्रह गर्नुभएको थियो । उता, विवाद बढीरहँदा माधव नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेको छ ।

प्रतिकृया दिनुहोस्