आइतबार , जेठ ३०, २०७८

निःशुल्क खाना खुवाउन रोक्ने महानगरको निर्णय संविधान विपरित – अधिवक्ता दिनेश त्रिपाठी !

कार्तिक १९, २०७७ बुधबार 1

काठमाडौ : बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई केही संघ संस्थाले खुल्लामञ्चमा निःशुल्क खाना खुवाइ रहेको कार्य बन्द गर्ने काठमाडौं महानग’रपालिकाको निर्णय संविधान वि’परित देखिएको छ ।

इतिहासले यो कालखंडलाई नेपालमा भ्रष्टहरुको स्वर्णकालको रूपमा सम्झन्छन । नेपालको संबिधानको धारा ३६ ले खाद्य सम्बन्धी हकलाई मौलिक हकÞको रूपमा ग्यारेण्टी गरेको छ भने ३६ (२) ले प्रत्येक नागरिकलाई खाद्य बस्तूको अभावमा जीवन जो’खिममा पर्ने अवस्थाबाट सुरक्षित हुने अधि’कार प्रदान गरेको छ ।

तर, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार खुल्लामञ्चमा निशुल्क भोजन खुवाएर महानगरको बेइज्जत भएको भन्दै त्यसलाई रोक्न निर्देशन दिएपछि वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले महानगरको यस्तो हर्कत संविधान विपरित भएको बताएका हुन् ।

डा. त्रिपाठीले खाद्य अधिकार सम्बन्धी ऐनको दफा ४ ले भोकम’रीको रोकथाम तथा नियंत्रण गर्ने ब्यवस्था गरेको छ । ऐनको ४ (ग) ‘ले भोकÞमरीको जो’खिम नियंत्रण गर्न खाद्य बितरणको दायित्व पनि तीन तहको सरकारलाइ सुम्पेको जनाएका छन् ।

अन्तरष्ट्रिय कानूनले पनि भोक बि’रुद्दको हकलाई आधारभूत हरु मानेको तथा यसलाइ राज्यको आधारभूत दायित्वको रूपमा स्वीकार गरेको छ’, त्रिपाठीले भनेका छन् , ‘भोकले कुनै नागरिक मर्नु भनेको लोकतन्त्रको सबैभन्दा ठुलो कलं”क हो ।’

महामारिको बेला सबै नागरिकको भोजनको अधिकार प्रत्याभूत गर्नु राज्यको आधारभूत दायित्व भएपनि जनताको मतबाट बनेको सरकारले आफ्नो आधारभूत संबैधानिक दायि’त्वबाट च्युत भएको त्रिपाठीको दाबी छ ।

सार्वजनिक स्थलमा निशुल्क खाना खुवाउँदा महानगरपाालिकाले यस्तो कार्यलाई ‘अशोभनीय’ सरकारको ‘बेइज्जत’ भएको भनी गरेको टिप्पणीलाई त्रिपाठीले हास्यास्पद तथा असंबेदनशील भनेका छन् ।

भोका’हरूलाई भोजन गराउने कार्य यदि ‘अशोभनीय’ हो र यसबाट सरकारकले आफ्नो ‘बेइ’ज्जत’ ठान्द्छ भने यस्तो सरकारले आफनो सम्पूर्ण औचि’त्य एबम् वैधता समाप्त गरिसकेको छ । कुनै पनि लोकतंत्रमा सरकार यति गैरजि|म्मेवार, अश्लिल तथा असंबेदनशील हून मिल्दैन’ त्रिपाठीले भनेका छन् ।

लाखौं नागरिक दैनिक छाक टार्न गम्भीर संकटमा परेको बेला सरकार अरबौ रुपैयाको भ्रष्टा’चारमा संलग्न रहेको, राष्ट्रीय ढुकुटीको व्यापक दुरु’पयोग भएको र नेपाली इतिहासमा सरकार यति धेरै भ्रष्ट तथा निकम्मा रूपमा कहिले पनि प्रस्तुत

नभएको त्रिपाठीले ठोकुवा गरे । महामा,रिको यो महासंकट कुनै पनि तहको सरकारमा बसेका’हरुको लागि भ्रष्टा’चार गर्ने स्वर्णिम युग भएको भन्दै त्रिपाठीले इतिहासले यो काल’खंडलाई नेपालमा भ्रष्ट’हरुको स्वर्ण’कालको रूपमा सम्झने दा’बी गरे ।

प्रतिकृया दिनुहोस्