शुक्रबार , असार ४, २०७८

बालुवाटारमा ओलीसँग दाहाल पड्किए…अब वार्ताकै लागि म यहाँ आउँदिन् !

कार्तिक २०, २०७७ बिहिबार 7

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको भेटवार्ता सहमतिभन्दा पनि वि’वादतर्फउन्मुख भएको छ ।

बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष भेट्न पुगेका अर्का अध्यक्ष दाहालले सुरुमै प्रदेश नम्बर १ का आफूनिकट नेताहरुसँग जुममार्फत गरेको भेलाबारे आपत्ति र चासो व्यक्त गरेका थिए ।
दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘जनताको बहुदलीय

जनवादलाई पार्टीको मूल विचार बनाएर अघि बढाउनेगरि तपाईले हिजो प्रदेश नम्बर १ का नेताहरुसँग जुममार्फत गरेको भेला आपत्तिजनक छ । यसले पार्टीमा सं’कट निम्त्याउने काम भयो ।’ दाहालले हिजोमात्रै प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भनेर बोलेको विषयमा पनि जवाफ मागेका थिए ।

दाहालको भनाई उद्धृत गर्दै फेरि स्रोतले भन्यो,‘हिजो राजीनामा दिन्न भनेर बेमौसमीको कुरा किन उठाउनुभयो । कसले राजीनामा मागेको थियो र ? यो कुरा सबै गलत छन् । पार्टी फुटाउने काममा तपाई लाग्नुभयो । अब तपाईसँग वार्ता र छलफलको लागि म बालुवाटार आउँदिन् ।

जे जे छलफल गने हो अब पार्टीका सबै कमिटीको बैठक राखौं, त्यहीँ आधिकारिक फोरममा छलफल गरौं ।’ तर, ओलीले भने बैठक राख्न नमानेको स्रोतको दा’बी छ । ओलीले दाहालसँग भनेका थिए,‘अहिले बैठक राख्न आवश्यकता नै छैन । मैले बैठक राख्नुपर्ने कुनै सान्दर्भिकता देखेको छैन् ।’

प्रतिकृया दिनुहोस्