शुक्रबार , असार ४, २०७८

पढेको बिर्सनु हुन्छ भने यो पढ्नुहोस् ! अर्पण शर्माको १० टिप्सहरु…सेयर पनि गर्नुहोला ।

कार्तिक २०, २०७७ बिहिबार 15

१. विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ । एकोहोरो रटेर हुँदैन । त्यसरी पढेको केहिदिन पनि टिक्दैन ।

२. हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । जस्तो तपाईंले कुनै गाह्रो पाठ पढिरहनुभएको छ भने, त्यसलाई रमाइला कुरा, चीज, घटनासँग जोडेर पढ्नुपर्छ
३. निद्रालाई असर पर्ने गरी अध्ययन गर्नुहुँदैन । बिहान चाँडै उठ्नपनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ ।

४. एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ ।
५. पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ ।
६. सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ । विहान ४ बजेदेखि विहानको ९ बजेसम्म पढ्ने उत्तम समय हो ।

७. अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन । दिमागलाइ जवरजस्त आफूले पढेको कुरामा ध्यानमा लगाउनु हुँदैन । निरन्तर पढ्ने गर्नुपर्छ ।

८. उत्तानो परेर वा घोप्टो परेर पढ्नु हुँदैन । यसले एकातर्फ स्मरण शक्ति घटाउँछ भने अर्कोतर्फ तपाईंको आँखालाई गम्भीर असर पुर्याउंछ ।
९. सकेसम्म उठ्ने र सुत्ने एउटै तालिका बनाउनुपर्छ ।
१०. पढ्दा सकेसम्म ठुलो स्वर ननिकाल्ने । एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।

केही राम्रा प्रेरक भनाइहरू !

१. सत्यको छिमेकी हो, यसलाई नजिक राख ।-रवीन्द्रनाथ टैगोर
२.जन्मान्धले देख्दैन, त्यस्तै कामान्धले पनि केही देख्दैन । यसै गरी मात्तिएको मान्छेले कोही सोच्दैन भने स्वार्थी मानिस स्वार्थका कारण आफनो दोष देख्दैन ।-चाणक्य

३. आफनो दोषको निरीक्षण नगरी अरुमाथि दोष लगाउनु व्यर्थ छ ।-बाइबल
४. कसैप्रति सचेत नहुनु सबभन्दा ठूलो दोष हो ।-कार्लाइल
५. त्यही मानिस सही काम गर्न सक्छ जो प्रत्येक पाइलामा त्रुटिहरूसँग डराउँछ ।-अज्ञात

६. उसका गुणहरूप्रति खुब दयालु भइदेउ,उसका दोषहरूप्रति अलिकति आखाँ चिम्लिदेउ ।-प्रायर
७. अन्धो त्यो हैन जो देख्दैन । वास्तविक अन्धो त्यही हो जो देखेर पनि आफनो दोष लुकाउँछ ।-महात्मा गान्धी

प्रतिकृया दिनुहोस्