आइतबार , जेठ ३०, २०७८

ओलीको विकल्प प्रचण्ड होइन राजतन्त्र – नेता कमल थापा…हेर्नुहोस् ।

कार्तिक २१, २०७७ शुक्रबार 0

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अहिले राजनीतिक व्यवस्था असफल भएको जिकीर गरेका छन् । बाह्र बुँदे समझदारीबाट ल्याइएको गणतन्त्रसहितका राजनीतिक उपलब्धी असफलसिद्ध भइसकेको भन्दै उनले अब विकल्पमा जानुपर्नेमा जोड दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति र दल परिवर्तनबाट सम्भव नहुने बताएका छन् । ‘समस्याको वर्तमान चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन व्यक्ति, दल वा सरकार परिवर्तनबाट मात्र संभव छैन। निश्चय पनि व्यक्ति,दल र सरकार दो’षी हुन्। तर, मार्गचित्र, अवधारणा र नीतिमा सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ रहँदैन’ : उनले भने ।

त्यस्तै केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै अमुक दललाई स्थापित गरेर देशले संकटबाट निकास नपाउने थापाले बताएका छन् ।

विगत चौध वर्षको राजनीतिक अभ्यासलाई दृष्टिगत गर्दै फेरि नेपाली जनताले मुलुकको राजनीतिक यात्रा बारेमा पुनर्विचार गर्नुपर्ने बताउदै उनले भने : ‘बिदेशीको दवाव र प्रभावमा बाह्रवुंदे समझदारी अनुरूप तयार गरिएको परिवर्तनको मार्गचित्रवारे पुनर्विचार गर्ने राष्ट्रिय सोच विद्यमान संकट समाधानको प्रस्थान विन्दु हुनसक्छ।

साथै, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यतावारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्ने वारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ।’
भ्रष्टा,चार र ब्रम्ह,लूट गर्ने कार्यदेखि राज्यसत्ता माथि कब्जा गर्ने कार्यमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलले साझेदारी, भागवण्डा र सहमति कायम गरेको बताएका छन् ।

उनले भने -‘वास्तवमा मुलुकमा विद्यमान विकृति र विसंगतिको निमित्त जसरी सत्तारुढ दल नेकपा जिम्मेवार रहेको छ, त्यसैगरी त्यस्ता वि,कृति र वि,संगतिहरु नियन्त्रण गर्न असफल भएर मात्र होइन,

स्वयं आफू पनि त्यस्ता कार्यहरूमा सहभागी भएको कारण नेपाली कांग्रेसले आफ्नो संवैधानिक राजनीतिक जिम्मेवारी निर्वाह गर्न सकेको छैन । भ्रष्टाचार र ब्रम्हलूट गर्ने कार्यदेखि राज्यसत्ता माथि कब्जा गर्ने कार्यमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी, भागवण्डा र सहमति कायम गरेका छन्।’

प्रतिकृया दिनुहोस्