शुक्रबार , असार ४, २०७८

कोभिड खोप खरिद प्रक्रिया सुरु…हेर्नुहोस् ।

कार्तिक २२, २०७७ शनिबार 3

काठमाडौ : नेपाल सरकारले कोरोना भाइरस 9कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।

परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको छ भने ।

अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पु¥याइसकेका छन् । “कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,” ज्ञवालीले थपे ।

उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि
काठमाडौं उपत्यकामा थप १५ सय १२ जनामा संक्र’मण, होम आइसोलेसनमा १९ हजार बढी !

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १२ संक्र’मित फेला परेका छन् । जस्मा ६ सय २५ महिला र पुरुष ८ सय ८७ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय १२ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा सं’क्रमितको कुल संख्या ८७ हजार १ सय ९४ पुगेको छ । योसंगै काठमाडौंमा ७० हजार ७ सय ७३ जना, ललितपुरमा ९ हजार ९ सय ९१, भक्तपुरमा ६ हजार ४ सय ३० जना संक्र’मित थपिएका छन् ।

काठमाडौंमा होम आइ’सोलेसनमा रहनेको संख्या ११ हजार ५ सय ७०, ललितपुरमा १ हजार ८ सय ३ र भक्तपुरमा ६ हजार ४ सय ३० रहेको छ ।

योसंगै काठमाडौं उपत्यकामा होम आइसो’लेसनमा बस्नेको कुल संख्या १९ हजार ८ सय ३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्