शुक्रबार , असार ४, २०७८

को हुन जसले लकडाउनमै ‘२० हजार’ बिरामीलाई अस्पताल पु”र्‍याए…हेर्नुहोस् ।

कार्तिक २२, २०७७ शनिबार 6

काठमाडौं : मेरो घरमा रहेका चारवटा गाडी निःशुल्क एम्बुलेन्स सेवासरह उपलब्ध छन्। तपाईंको घर छिमेक, आफन्त अस्पताल जान नपाएर पीडामा पर्नु भई मृत्युसँग सामना गर्नुपर्दैन। हामीलाई फोन गर्नुहोस् हामी तपाईंको घरसम्मै आउनेछौं।’

२०५८ सालमा देशमा सं’कटकाल थियो। नेपाली सेना गस्तीमा निस्कन्थ्यो। राति हिँडडुल तथा गाडी सबै ठप्प हुन्थ्यो। एक रात बुढानीलकण्ठका सुभाष श्रेष्ठकी आमालाई ग्यास्ट्रिकका कारण असह्य पीडा भयो। केही दिनअघि मात्रै आमाको अप्रेसन भएको थियो। भर्खरै अस्पतालबाट घर आएकी आमाको पीडा देखेपछि सुभाष तत्काल गाडीको खोजीमा लागे।

तर, संकटकालको बेला कुनै ट्याक्सी पाइएन, तत्काल एम्बुलेन्स पनि आएन। आमाको पीडा झनझनै बढ्न थाल्यो। सुभाषसँग त्यसबेला मोटरसाइकल थियो। तर, भर्खरै पेटको अप्रेसन गरेकी आमालाई मोटरसाइकलमा अस्पताल लैजान सम्भव थिएन।

एम्बुलेन्सको पर्खाइ र झन्डै दुईघण्टाको हारगुहारबीच अन्ततः सुभाषले प्रहरीलाई अनुरोध गरेर आमालाई अस्पताल पु¥र्‍याए।
स्वास्थ्यजस्तो संवेदनशील विषयमा अझै इमर्जेन्सीका बेला सहयोग नपाउँदा कस्तो पीडा महसुस हुँदो रहेछ मैले त्यहीबेला बुझेको हुँ,’ सुभाष भन्छन्, ‘त्यही दिन म जोसुकै बिरामी, जहाँ भएपनि अस्पताल नपुुगेर मृत्युवरण गर्न नपरोस् भनेर प्रयत्नशील छु।’

त्यस दिन प्र’हरीको सहयोगमा सुभाषले आफ्नी आमालाई अस्पतालबाट सकुशल घर फर्काएका थिए। त्यसपछिका दिनमा उनले हजारौं आमालाई अस्पताल पु¥र्‍याएर उपचारबाट बञ्चित हुनबाट जोगाएका छन्।

सुभाष अहिले हेल्थ पोलिक्लिनिक, फार्मेसी, ट्राभल एजेन्सी र रिकन्डिसन सञ्चालक हुन्। गत चैतमा सरकारले लकडाउन घो’षणा गरेपछि पुनः संक’टकालझैँ स्थिति बनेको थियो। कोरोनाको डरले मानिसहरु घरै बसेका थिए, गाडी ग्यारेजमै थन्किएका थिए।

लक’डाउन सुरु भएपछि सुभाषले त्यही प्र’तिज्ञा सम्झे। राजधानीका अस्पतालहरुमा बिरामीहरुको चाप देखेका उनले कति बिरा’मीहरु गाडी नपाएर अस्पताल जानबाट बञ्चित हुनुपर्ला भन्ने महसुस गर्न थाले।

फेसबुकमा लेखिहाले, ‘मेरो घरमा रहेका चारवटा गाडीहरु निःशुल्क एम्बुलेन्स सेवासरह उपलब्ध छन्। तपाईंको घर छिमेक, आफन्तहरुलाई अस्पताल जान नपाएर पीडामा पर्नु भई मृ’त्युसँग सामना गर्नुपर्दैन। हामीलाई फोन गर्नुहोस् हामी तपाईंको घरसम्मै आउनेछौं।’

सुभाषले गाडी चलाउने, बिरा’मीको घरसम्म जाने, उनीहरुलाई अस्पताल पु¥र्‍याउने काममा आफूसँगै बुढानिलकण्ठकै अन्य साथीहरु सुधीर रेग्मी, राज श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठलाई पनि जोडे। पछि अशोक लामा पनि थपिए। बिरामीको चाप बढ्दै गएपछि दुई गाडी थपिए। जसमा नारायण श्रेष्ठ र दीपेन्द्र खड्का थपिए। सातमध्ये पाँच गाडी सुभाषका हुन भने बाँकी दुई गाडी साथीहरुका हुन्।

सुभाषले सामाजिक सञ्जालमा राखेको सूचना एकैछिनमा भाइरल भयो। उक्त स्टाटसमात्रै ५ हजार दुई सय बढीले सेयर गरेका छन्। मिडिया र पत्रपत्रिकामा पनि खबर आएपछि दैनिक सयौं बिरामीको फोन आफूहरुलाई आउन थालेको सुभाष बताउँछन्।

बिरामी र आफन्तको फोनले मोबाइल कुनै बेला शान्त हुन पाउँदैैनथ्यो। उपत्यका भित्रमात्रै एउटा गाडी दिनमा ३ सय देखि ५ सय किलोमिटर कुद्थ्यो,’ सुभाष भन्छन्, ‘पहिलो महिनामात्रै हामीले १४ सय बिरामी उपत्यकाका कुनाकुनाबाट अस्पताल पु®र्‍याएका थियौं। चार महिनाको लक’डाउन र पछिल्लो नि’षेधाज्ञा गरी अहिलेसम्म २० हजार बढीलाई अस्पताल पु’र्‍याइसकेका छौं।’

बिरा’मीको फोन आएपछि पहिले उनीहरुले आफूमध्ये को कहाँ छन् ठम्याउँथे। त्यसपछि जसको पायक पर्छ त्यही बि’रामी लिन जान्थे। यसक्रममा उपत्यकाका कुनै अस्पताल चाहर्न बाँकी नरहेको उनी बताउँछन्।

सुभाष र उनको टोलीलाई विशेषगरी मिर्गौ’ला डाय’लासिस गराउने, सुत्के’री गराउनुपर्ने, दु’र्घटनामा घाइ’ते, कि’मो दिनुपर्ने, इमर्जेन्सी परेकाहरुको फोन आउने गर्थ्यो। आफूहरुको सेवाबाट विशेषगरी मध्यम र निम्न’वर्गीय नागरिकलाई ठूलो राहत पुगेको सुभाषको अनुभव छ।

लकडाउनका बेला रोजीरोटी खोसिएका उनीहरु बिरामी पर्दा एम्बुलेन्स बोलाएर अस्पताल पुग्नसक्ने अवस्था हुन्नथ्यो। एकपटक बिरामी अस्पताल पु¥र्‍याएको एम्बुलेन्सले चार, पाँच हजार घटी लिँदैनन्,’ सुभाषले भने, ‘अस्पतालबाट पनि यस्ता असहाय बिरामीलाई हाम्रै नम्बर दिइन्थ्यो। हामी पनि असहाय गरिबको निःशुल्क सेवा गर्न पाउँदा खुसी हुन्थ्यौं।’

यसक्रममा कसैलाई कुनै सहयोग नमागे पनि केही साथीभाइले ८०–९० हजारको इन्धन हालिदिएको सुभाष बताउँछन्। तर इन्धन र गाडी मर्मतमा आफूहरुको झन्डै २०–२१ लाखजति रकम खर्च भएको उनको दा’बी छ।

आफूले बोकेका बिरा’मीमध्ये ५० बढी निकै अप्ठ्या’रोमा परेका र अन्तिम अवस्थाका बि’रामीलाई अस्पताल पु¥र्‍याएको सुभाष बताउँछन्।

अस्पताल पु¥र्‍याउन ढिलो भएको भए ती बि’रामीलाई जे पनि हुनसक्थ्यो। समयमै अस्पताल पु¥र्‍याएर उनीहरुको ज्यान जोगाउँन पाउँदा निकै सन्तुष्टि पाइने रहेछ। उनीहरुका आफन्तले पनि धन्यवाद व्यक्त गर्दा सेवा गर्न हामीले थप प्रेरणा पायौँ,’ सुभाष भन्छन्।

लक’डाउनको सुरुवातमा को’रोनाको त्रा’स एकदमै थियो। मानिसहरु घरभित्रै हुन्थे। तर सुभाषको टोली भने बिरामीका घरघर पुग्थ्यो। को’रोनाको डर भएपछि बि’रामीको सेवा गर्न पाउँदाको सन्तु’ष्टि ठूलो भएको अर्का सदस्य कृष्णगोपाल श्रेष्ठ बताउँछन्।

लक’डाउनले गाडी नचल्दा सयौंको संख्यामा बिरामीहरु अस्पताल जानबाट वञ्चित हुने अवस्था बुझैरै सबैभित्र हुँदा हामी घरबाहिर निस्केका हौं,’ कृष्णगोपालले भने, ‘हामी बि’रामीसँग को’रोनासँग मिल्दोजुल्दो लक्षण भए नभएको बुझेर र आफूपनि सुरक्षित भएर सेवामा लागेका थियौं।’

भोग्नुपरेको अप्ठ्या’रो
लक’डाउनका क्रममा सुरुमा निजी गाडीमा बि’रामीलाई अस्पताल पु’र्‍याउने भनेपनि सुभाषलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास नै उपलब्ध गराएन। भनसुनका आधारमा तीन दिनपछि मात्रै उनले दुई गाडीका लागि सवारी पास पाए।

त्यसैबाट सेवा सुरु गरेका सुभाष र उनको टोलीलाई पछि भने सबै गाडीको पास प्रशासनले दियो। तर प्रह’रीले पास नै च्यातिदिएको तितो अनुभव पनि कृष्णगोपालसँग छ।

डाय’लासिसका बि’रामी घर पु¥र्‍याएर फर्कँदै थिएँ। प्रहरीले केही कुरै नसुनेर साँखुमा रोके र पास माग्दै च्यातिदिए,’ कृष्णगोपालले भने, ‘पछि सबैकुरा बेलिविस्तार लाएपछि छोडिदिए। म त्यही च्यातिएको पास टाँसेर अघि बढेँ।’

त्यसबाहेक बेलाबेला प्रहरीले उनीहरुलाई रोक्दै शंकाका दृष्टिले केरकार गरेका अनेकौं घटना भएको उनी सुनाउँछन्।
एकपटक आफूहरुका कारण सामाजमा सं’क्रमण फैलने जो’खिम रहेको गुना’सो पनि उनीहरुले सहनुप’र्‍यो।

‘सरकारले को’रोना बढेको भन्दै दोस्रो पटक लक’डाउन गरेको थियो। तर हामी बिरामी ओसार्ने काममा व्यस्त थियौं,’ सुभाषले सम्झे, ‘छरछिमेकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा अस्पताल, बिरामीको नजिक जाँदा हामीलाई पनि कोरोना लाग्छ र समाजमा अरुलाई पनि सार्छन् भन्ने गरेको गुनासो सुन्न थाल्यौँ। त्यसैले आठ–दश दिन सेवा रोक्नुपरेको थियो।’

समाजको गुना’सोमा केही दिन सेवा रोक्दा उनीहरुको फोनको घन्टी भने बज्न रोकिएन। मानिसहरुको तारन्तर फोन आइरहेपछि केही दिन आफूहरुले फोन स्वीचअफ समेत गर्नुपरेको सुभाषले सुनाए।

निषे’धाज्ञा खुलेपछि भने उनीहरु पुनः सेवामा फर्किसकेका छन्। अहिले सार्वजनिक यातायात खुलिसकेकोले पनि होला फोन आउनेक्रम घट्दो छ। तर आकस्मिक अवस्थाका बिरामीका लागि भने हामी २४सै घण्टा तयार छौं,’ सुभाषले टुंग्याए।-यज्ञराज जोशी/नेपाल खबरबाट

प्रतिकृया दिनुहोस्