आइतबार , जेठ ३०, २०७८

चीनद्वारा भरतपुर महानगरपालिकालाई ९ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग…हेर्नुहोस् ।

कार्तिक २३, २०७७ आइतबार 0

चितवन : मित्रराष्ट्र चीनले भरतपुर महानगरपालिकालाई ९ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई कोरोना वि’रुद्ध लड्न आवश्यक पर्ने भन्दै मेडिकल प्रोटेक्टिभ

मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिईन् ।
महानगरलाई मित्रराष्ट्र चिनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सहयोग गरेको स्वास्थ्य सामग्री आवश्यकता अनुरुप स्वास्थ्य शाखा मार्फत जनता समक्षा पु¥र्याइने मेयर दाहालले जानकारी दिईन् ।

मेयर दाहालले भरतपुर महानगरपालिका कोराना– १९ विरुद्ध लडिरहेको बताउँदै पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनहरुको निर्माण र सञ्चालन साथै हालै सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेसन तथा राहत वितरणलगायत

नगरवासीहरुलाई सूसुचित गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका कामहरु पनि सञ्चालन गरिरहेको बताइन् ।
साथै उनले मित्रराष्ट्र चिनबाट आगामी दिनमा समेत निरन्तर सहायोग हुने बताईन् ।

यसअघि मित्र राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई १७ लाख रुपैर्याँ बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पीपीई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्