आइतबार , जेठ ३०, २०७८

हार्दिक बधाई ! रचना रिमालको फोटो फिरिम १ करोड पटक हेरियो ।

कार्तिक २३, २०७७ आइतबार 0

ईटहरी : नेपाली संगीत आकाशमा धेरै गीतहरु सार्बजनिक भैरहेका छन् । डिजिटल दुनियाले नेपाली बिच राम्रो छाप छोडेसंगै गीतहरु सार्बजनिक हुने क्रम झनै बाक्लिदो छ । केही हिट हुन्छन् केही सबैका लागि फिट हुदैनन् र लगानी डुब्छ ।

यता एउटा गीतले भने राम्रो सफलता पाएको छ । गीत संगै गीतकी गायिकाले समेत सोही गीतबाट आफुलाई ब्यवसायिक गायिकाको रुपमा स्थापित गराईसकेकी छन् । सो गीत हो “फोटो फिरिममा” । जुन गीतको भिडियोले यतिबेला करोड भ्युज पाएको छ भने यहि गीतबाट स्थापित गायिकाको बाटो

हिड्न थालेकी रचना रिमाल अहिलेकी ब्यस्त गायिकामा पर्छिन । सो गीतको भिडियो २०२० मार्च २१ का दिन युट्युबमा सार्बजनिक गरिएको हो । सार्बजनिक पश्चात् गीत संगै गायिकाले पनि चर्चा बटुलेको हो । रचनाले गाएको उक्त गीतमा शब्द संगीत समाजसेवी, मोडल तथा संचारकर्मी शिशिर भन्डारीको रहेको छ । हेर्नुस् भिडियो ।

यस्तै भिडियोमा पनि उनै भन्डारी सोलो फिचर्ड भएका छन् । भिडियोले खासै राम्रो कमेन्ट नपाएपनी गीत र रचनाको लोकप्रियताका कारण यो भिडियो हेर्न दर्शक लालायित भएका हुन भन्न सकिन्छ । यो गीतले चर्चा बटुलेपछि यहि शब्द संगीत र लयमा मेल भर्सन पनि सार्बजनिक भैसकेको छ ।

जस्मा प्रताप दासको स्वर रहेको छ भने भिडियोलाई पनि निकै मेहनत गरेरे निर्माण गरिएको छ । करोड क्लबमा पुगेको रचनाको यो गीतको भिडियोलाई बिकल श्रेष्ठले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् ।

भिडियो सार्वजनिकताका निकै समय ट्रेन्डिङमा समेत रहेको थियो भने छोटो भिडियो साझेदारी साईट टिकटकमा समेत यो गीतले लोकप्रियता पाएको थियो ।

हामिले यो समाचार तयार गर्दै गर्दा भिडियो १ करोड बढी भ्युज संगै १ लाख ६२ हजार बढी लाईक पाएको छ । यस्तै ११ हजार बढिले कमेन्ट गरेको भिडियोलाई नया नया न्युज नेपाल नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्