शनिबार , साउन १६, २०७८

सियोना नानुको उपचारका लागि बिदेशमा जुट्यो यति ठूलो रकम…हेर्नुहोस् ।

मंग्सिर १८, २०७७ बिहिबार 680

दोहा : निकै दूलर्भ रोगबाट पीडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट संकलित सहयोग रकम पठाईएको छ।

स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१’ बाट पीडित श्रेष्ठको पोल्याण्डमा उपचार भइरहेको छ । उनको उपचारका लागि सहयोग अभियानबाट जुटेको १० लाख रूपैयाँ पोल्याण्डमा पठाइएको हो ।

कतारमा टिकटक मार्फत धेरै नेपालीको मन जित्न सफल दंगाली बाबु योगेश श्रेष्ठको पहल र डीआरके समूह कतारका सल्लाहकार तथा सामाजिक अभियन्ता राजन चापागाईं लगायतको टिमले १० लाख २५ हजार ६५८ रुपैयाँ सहयोग रकम पठाएको हो।

अभियान्ता चापागाईंका अनुसार डीआरके समूहले इन्द्रेणीका संचालक कृष्ण कंडेलको नाममा ५ लाख ५ हजार ६५८ रुपैयाँ र इन्द्रेणीकै नबराज तिमिल्सिनाको नाममा ५ लाख २० हजार रुपैयाँ पठाएको छ ।

जसमा इन्द्रेणी व्यवस्थापनको लागि २० हजार र अरु सियोना श्रेस्ठलाई इन्द्रेणीको टिममार्फत श्रेष्ठको घर परिवारलाई बोलाएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । सियोनाको उपचारको लागि २० करोड रकम खर्च हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्