शुक्रबार , असार ४, २०७८

सभामुखले प्रतिनिधि सभा बैठक बोलाउँदै छन्?

माघ २३, २०७७ शुक्रबार 1

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरूद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्चमा विघटनवि’रूद्धका निवेदकको बहस सकिएको छ। सरकारी वकिलहरूको बहस जारी छ। ढिलोमा फागुनभित्रमा प्रतिनिधि सभा विघटनको मु’द्दा सर्वोच्चबाट टुंगो लाग्ने देखिन्छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत माघ १६ विराटनगरबाट सभामुखले प्रतिनिधि सभा बैठक बो’लाउन सक्ने टिप्पणी गरेका थिए।

‘संविधानको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन सभामुखले सदनको बैठक आयोजना गर्ने, हामी उपस्थित हुने र केपीलाई कारबाही गर्नेसम्म जान सकिन्छ’, प्रचण्डले भनेका थिए। त्यसो त सभामुख सापकोटाले प्रतिनिधि सभा वि’घटन भएलगत्तै जारी गरेको विज्ञप्तिमा पनि वि’घटन शब्दको प्रयोग नगरी प्रतिनिधि सभाको ‘अ’वरोध’ शब्द प्रयोग गरेका थिए। बरु उनले ‘सरकार गठन गर्ने वि’कल्प रहँदासम्म प्रतिनिधि सभा वि’घटन नहुने स्पष्ट व्यवस्था’ रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस्