शुक्रबार , असार ४, २०७८

तुलसीका अचुक फाइदाहरु, हृदय रोग देखि कुष्ठ रोगका लागि हुन्छ लाभदायक…हेर्नुहोस् ।

माघ २४, २०७७ शनिबार 11

हिन्दू धर्मको अनुसार जुन घरमा तुलसीको विरुवा हुन्छ, त्यो घरमा सधैं सुख समृद्धि हुन्छ। त्यसैले सबै हिन्दू धर्मका मानिसको घरमा तुलसीको विरुवा हुन्छ। धार्मिक महत्वका साथै तुलसी स्वास्थ्यको लागि पनि निकै लाभकारी हुन्छ।

यसलाई धेरै समस्याको औषधिको रूपमा प्रयोग गरिन्छ। कतै लडेर चोट लाग्यो भने तुलसीको रस प्रयोग गर्न सकिन्छ। सर्पले टोकेको बेला पनि तुलसी निकै फाइदाजनक हुन्छ। यस लगायत तुलसीका अरु पनि थुप्रै फाइदा छन्।

आँखाको समस्या

दैनिक रूपमा दुई थोपा तुलसीको पातको रस आँखामा २ हप्तासम्म हाल्नाले रतन्दोको समस्याबाट छुटकारा पाउन सकिन्छ। साथै आँखाको रोशनी बढाउँनको लागि पनि तुलसीको रसको प्रयोग गर्न सकिन्छ।

हृदय सम्बन्धि रो’ग

तुलसीको केहि पात,थोरै मरिच र बदाम लिनुहोस् र सबैलाई मिसाएर पिस्नुहोस्। र पिसेको पाउडर आधा गिलास पानीमा एक चम्चा महको साथ मिलाउनुहोस् र पिउनुहोस्। यसो गर्नाले हृदय सम्बन्धि रोगबाट छुटकारा पाउन सकिन्छ।

महिना’वारी

तुलसीको पातको नियमित सेवन गर्नाले दुई महिनावारी बीच हुने समयको अनियमितता हटाउँछ।

पत्थरी

तुलसीका पातहरू पानीमा उमाल्नुहोस् र त्यसपछि त्यसको रस बनाउँनुहोस् र महको साथ ६ महिनासम्म दैनिक सेवन गर्नुहोस्। यसले पत्थरीको समस्या हटाउँछ।

माइ’ग्रेन वा साइनस

माइग्रेन वा साइनसको समस्याको लागि तुलसीको काढ़ा पिउनु लाभकारी हुन्छ। यदि तपाईंलाई टाउको दुखाइ छ भने, एक चौंथाई चम्चा तुलसीको रस, एक चम्चा शुद्ध महको साथ दैनिक बिहान र बेलुका सेवन गर्नाले १५ दिनमा टाउको दुखाइबाट ‘आ’राम पाउनुहुनेछ।

सर्पको टो’काइबाट बच्न

यदि कुनै व्यक्तिलाई सर्पले टिक्यो भने, उसलाई तुरुन्त तुलसी खुवाएर उसको प्राण बचाउन सकिन्छ। साथै मख्खन वा घीउमा तुलसीको जरा पीस्नुहोस् र लेप बनाएर यसलाई सर्पले टोकेको ठाउँमा प्रयोग गर्नुहोस्।

बाथ रोग

तुलसीको जरा, पात, डाठ, फूल र बीउ मिसाएर पाउडर बनाउनुहोस्, त्यसपछि उक्त पाउडरमा सखर मिलाएर १२-१५ ग्रामका ट्याब्लेटहरू बनाउनुहोस्। बिहान वा साँझ गाईको वा बाख्राको दूधको साथ यी ट्याब्लेटहरू लिनुहोस्। यसले गठिया र जोड़को दुखाइबाट राहत प्रदान गर्छ।

क्षयरोग

दम र टी’बी रोगको लागि पनि तुलसी धेरै फाइदाजनक हुन्छ। दम, रुघा-खोकी र चिसो लागेको समयमा मह, अदुवा र तुलसीको मिश्रण गरेर काढ़ा बनाएर पिउँदा यसले राहत प्रदान गर्छ।

कु’ष्ठ रोग

तुलसीको जरा र अदुवालाई पीस्नुहोस् र यसलाई पानीसँग मिसाएर दैनिक रूपमा सेवन गर्नाले कुष्ठ रोगको लागि लाभदायक हुन्छ।

प्रतिकृया दिनुहोस्