आइतबार , जेठ ३०, २०७८

बादललाई वर्षमानको काउण्टर: चिडिया खानामा थुन्ने ध,म्की नदिनुस्, जनताले गल्लीमा घिसार्छन् !

माघ २५, २०७७ आइतबार 0

तनहुँ – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले संविधान मिलेर नि,रंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूहरुलाई चिडिया खानामा थुन्ने धम्की दिने गृहमन्त्री रामबहादुर थापा बादल र आ,न्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने चे,तावनी दिएका छन् ।

दमौलीमा शनिबार तनहुँका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले ओली–थापाको अन्त्य राज्य शक्ति र सत्ताको दु,रुपयोग गरेर आफूसँग असहमत हुनेहरुलाई तह लगाउन खोज्ने इतिहासका तानाशाहहरुको जस्तै हुने उल्लेख गरे । ओली समूहले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनमा गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै ‘मांशहारी आ,न्दोलन गर्छु भन्नेलाई जावलाखेलको चिडिया खानामा थुन्ने’ अभिव्यक्ति दिएका थिए ।

बादलले ओली सरकारमा तीन वर्षसम्म सँगै बस्दा जनसरोकारका विषयमा एक शब्द नबोलेको सन्दर्भ कोट्याउँदै पुनले अहिले आएर आफ्नै पूर्वसहकर्मीवि,रुद्ध मुख छाडेको भन्दै निन्दा गरे । नेकपाको ओली–थापा समूहमा नलागेका नेता कार्यकर्तालाई भ्र,ष्टाचार मु,द्दामा का,रबाहीको ध,म्की आउन थालेको भन्दै पुनले धम्कीसँग आफूहरु नतर्सने बताए । अ,ख्तियार, लोकसेवा, निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएका नियुक्ति बदरवि,रुद्ध दलहरु, नागरिक अगुवा र सञ्चार माध्यमले आवाज उठाइरहेका बेला वि,रोधी तर्साउन ती निकायको दु,रुपयोग गर्ने धम्की आएको पुनको भनाइ थियो ।

ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्र,ष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याउँन लागेको भन्ने अभिव्यक्ति दिएको भन्दै पुनले सबैभन्दा पहिला आफ्नो गुटले गरेका भ्र,ष्टाचारका फाइलमा लागेका धुलो टक्टक्याएर देखाउन चुनौती दिए । ‘पार्टीका प्रवक्ता, सरकारका वरिष्ठ मन्त्रीले ‘धुलो लागेका फाइलहरु छिट्टै टक्टक्याउँछौं भनेर धम्की दिनुभएको सुनें’, पुनले भन्नुभयो, ‘मित्र धुलो लागेका फाइलहरु तपाईंहरुका बढी छन् ।

ओम्नी काण्ड, यति काण्ड र अरु काण्डहरुका आफ्नै भ्र,ष्टाचार र कूकृत्यका फाइलहरु त्यहाँ छन्, धुलो टक्टक्याएर काम सुरु गर्नुस् जनताले स्वागत गर्छ ।’ सत्ताको दु,रुपयोग गरेर दिइने धम्कीबाट निरंकुशतावि,रुद्ध यु,द्ध, क्रा,न्ति र जेलनेल सहेर आएका, नेता कार्यकर्ता त्यस्ता ध,म्कीबाट नतर्सले उनको भनाइ छ । विगतमा त्यस्तै धम्की दिने ज्ञानेन्द्र शाहको अहिलेको अवस्था हेर्न सुझाव दिँदै उहाँले ओली र थापाको हालत पनि त्यस्तै हुने उल्लेख गरे ।

धम्की दिन र सडकमा पञ्च¥याली शैलीमा प्रदर्शन र्ग छाडेर जनताका पक्षमा लोकप्रिय काम गरे वि,रोधी आफैं तह लाग्ने उनको भनाइ थियो । ‘केपी–रामबहादुर थापा गुटको ध,म्कीले कोही डराएको छैन, हामी डराएका छैनौं’, पुनले भने, ‘ओली र थापाजस्ता शासकहरु यो गल्लीमा लतारिन्छन्, पछारिन्छन् कसैले हेर्दैनन् ।

इतिहासमा कति शा,सकहरु लतारिए, कति मा,रिए हामीले धेरै देखेका छौं । प्रतिस्पर्धा गर्ने भए जनतामा विचार लिएर आउनुस् । ध,म्की नदिनुस् ।’ ओली समूहलाई राज्यको साधनश्रोत दोहन गरेर गुटका कार्यकर्ता पोस्ने काम ब,न्द गर्न पुनले चे,तावनी दिए । आफैंले निर्वाचन घोषणा गरेको सरकारले आचार संहिताविपरीत ७७ वटै जिल्लामा आफ्ना गुटका कार्यकर्तालाई सह–सचिव सरहका सुविधा पाउने गरी भूमि आयोगको नियुक्ति दिइएकामा आपत्ति जनाए ।

पुनले ओली समूहले व्यक्ति पिच्छे एकदेखि दुई हजार रुपैयाँ दिएर राजधानीमा मोटरसाइकल ¥याली गरेको पनि आ,रोप लगाए । ‘प,ञ्च र ज्ञानेन्द्र शाहलेजस्तो राज्यको ढु,कुटीबाट पैसा बाँडेर शासन गर्ने बाटोमा नलाग्नुसु, मति सुधार्नुस्’, पुनले भने, ‘ पैसा बाँडेर सत्तामा टिकिरहन खोज्दा ठूल्ठूला तानाहाह पछारिए जसरी पछारिनुहोला ।’

सत्तामा नहुनेले सडकमा प्रदर्शन र राज्यलाई ख,बरदारी गर्ने भन्दै पुनले ओली आफैं जु,लुस लिएर हिंडेको भन्दै ब्यं,ग्य गरे । ‘सरकारमा बसेर काम गर्ने हो, तर, ओलीले जु,लुस गर्दै हिं,ड्ने होइन’, उनले भने, ‘म,हंगी नि,यन्त्रण, ब,लात्कारीमाथि का,रबाही, राष्ट्रघा,ती सन्धिहरुको खा,रेजी, रोजगारी सिर्जना गर्नुस् ।

सरकारी कार्यालयमा जाँदा खुरुखुरु काम हुने वातावरण बनाउनुस् । कसैलाई गा,ली गर्नै पदैन, वि,रोधीहरु आफैं सिद्धिन्छन् ।’ जनताले केपी ओलीलाई नभई नेकपालाई पाँच वर्ष सरकार चलाउँन जनमत दिएको भन्दै पुनले विगतमा राजाहरुले जस्तै सार्वभौमसत्ता र राजकीय सत्ता आफैंमा निहीत रहेको दा,बीसहित असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको बताए । पाँच वर्ष सरकार चलाउन नसक्ने ओलीको अक्षमताको शिकार संविधान र लोकतन्त्र हुन नसक्ने उहाँको भनाइ थियो ।

‘पार्टीले पाँच वर्ष प्रधानमन्त्री चलाउन दिँदा केपी ओली अयोग्य भएर मैदानबाट भाग्नुभएको छ’, पुनले भने ‘अ,प्ठेराहरुलाई मिलाउन सक्ने, फरक मतहरुलाई सँगै लिएर जान सक्ने मान्छे नेता हुन्छ । अ,प्ठेरो आएपछि भागेर हिंड्ने, आफ्नो घर आफैं आगो लगाएर हिंड्ने मान्छे नेता हुँदैन । यसले पुष्टि गर्छ केपी ओली नेता होइनन् ।’ मन्त्री पुनले २०६२÷०६३ सालको आन्दोनवि,रोधी भन्ने जान्दाजान्दै सुध्रिएको विश्वासमा ओलीलाई नेतृत्व स्वीकार गरेर ग,ल्ती भएको स्वीकार गरे ।

ओलीलाई अहिले पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपाकि प्रतिनिधिच्व जस्ता आ,न्दोलनका उपलब्धी मन नपरेको आ,रोप पुनले लगाए । १०औं हजारको ब,लिदान तथा लाखौंले आँसु र प,सिना बगाएर ल्याएको व्यवस्था र संविधान सिध्याउने काममा ओली लागेकाले आफूहरुले प्रतिवादमा उत्रिएको पुनले स्पष्ट गरे । ओलीको स्वेच्छाचारिता र निरंकुशता एक दिन ढल्ने र लोकतन्त्र पुनबर्हाली तथा संविधानको रक्षा गरेरै छाड्ने उनको अठोट थियो ।

प्रतिकृया दिनुहोस्