शुक्रबार , असार ४, २०७८

संयुक्त आन्दोलन गरे ओली सरकार एक हप्तामा ढल्छ : बाबुराम भट्टराई

माघ २५, २०७७ आइतबार 14

धनकुटा : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त आ,न्दोलन गरे केपी ओली नेतृत्वको वर्तमान सरकार एक हप्तामा ढल्ने दा,बी गरेका छन् । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका बाबुरामले शनिबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अ,संवैधानिक कदमकोवि,रुद्ध नेकपा सडकमा छ । नेकपासहित सबै पार्टी मिलेर एक हप्ता सडक संघर्ष गर्ने हो भने वर्तमान सरकार ढल्छ’, बाबुरामले भने । उनले नेपाली जनता सडक संघर्षमा जानुको विकल्प नरहेको प्रष्ट पारेका छन् ।

भट्टराईले नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र ज्ञानेन्द्रको प्रतिक्रान्तिपछि केपी ओलीले प्रतिक्रा,न्ति गरेको आ,रोप लगाए । जनता समाजवा,दी पार्टी नेपाल धनकुटाले शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली जनताबाट जननिर्वाचित प्रधानमन्त्रीले अदालतलाई ध,म्की दिइरहेका छन’, उनले भने, ‘तर अदालतले नेपाली जनता र संविधानको पक्षमा काम गर्नेछ ।

२००७ सालदेखि लोकतन्त्रको लागि लडेको नेपाली कांग्रेस चुप लागेर बसेर हुन्छ भन्दै भट्टराईले कांग्रेसलाई प्रश्न गरे ।

त्यस्तै जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एक भाषा, एक देश र एक संस्कृतिको अन्धभक्तवादलाई अहिलेको सरकारले अंगाल्न खाजे त्यो गलत हुने बताए ।

सर्वोच्च अदालतले संसद पुस्र्थापना नगरे त्यो भन्दा ठूलो फैसला जनताको अदालतले गर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्