शुक्रबार , असार ४, २०७८

पुरै गाउँलाई निशुल्क चुलो र सिलिन्डर वितरण गर्ने यी युवा.. लागि सम्मान को लागि शेयर गरौं, र उनको वास्तविक जीवनी पढौं

माघ २५, २०७७ आइतबार 8

डोल्पाका एक समाजसेविले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँड्नुभएको छ ।

ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आउनुभएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गर्नुभएको हो ।

व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताउनुभयो । सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बुढाले जिल्लामै नमूना काम गर्नुभएको बुढाको भनाइ छ ।

दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले बताउनुभयो घरव्यवहारले गाँजिएका महिलालाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेना चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको उहाँको भनाइ छ ।

यतिमात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जङ्गल नै भएकाले स्थानीयवासीको जङ्गलप्रतिको परनिर्भता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताउनुभयो “वनजङ्गल जोगाउन विद्युतीय चुल्हो,ग्यास चुल्होलगायत इन्धनको वैकल्पिक स्रोत खोज्न आवश्यक छ”, उहाँको भनाइ छ ।

ग्यासको प्रयोगबाट समय पनि बचत हुने र स्वास्थ्यलाई पनि कष्ट नहुने उनीहरुको भनाइ छ । -रासस

प्रतिकृया दिनुहोस्