शुक्रबार , असार ४, २०७८

आजको राशिफल : वि.सं. २०७७ फागुन ५ गते बुधवार ।। श्री पाथीभरा माताले सबैको कल्याण गरुन

फागुण ५, २०७७ बुधबार 4

२०७७ फागुन ५ गते, बुधवार, १७ फेब्रुअरी २०२१। पौष शुक्लपक्ष, षष्ठी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि– मेष इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:५५

बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । व्यापारमा लाभको योग रहेको छ । सेयर कारोबारबाट फाइदा हुनुका साथै रमाईलो यात्रा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मान्यजनसंग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिकृया दिनुहोस्