शुक्रबार , असार ४, २०७८

खुशीको खबर : चौधरी ग्रुपले आ’क्रामक योजनाका साथ 5G इन्टरनेट सेवा सुरु !

चैत्र ४, २०७७ बुधबार 2

काठमाडौं : चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले इन्टरनेट सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आ’क्रामक रुपमा बजारमा उपस्थिति जनाउने उद्देश्यका साथ आवश्यक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएको हो ।

कम्पनीले इन्टरनेट सेवा सञ्चा’लनका लागि काठमाडौंको सतुंगलमा डेटा सेन्टर समेत बनाइरहेको छ । कम्पनी स्रोतका अनुसार उक्त डेटा सेन्टर नि’र्माणको काम करिब २५ प्रतिशत सम्पन्न भइसकेको छ ।

अबको पाँच/छ महिनामा सतुं’गल लगायतका केही स्थानमा कम्पनीले फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने गरी आवश्यक पूर्वाधार तयार भइसक्नेछ । यस बाहेक कम्पनीले प्वाइन्ट टु प्वाइन्ट फाइबर कने’क्सन, ओएलटी (अप्टि’कल लाइन टर्मिनल), राउटर लगायतका आवश्यक उपकरण तथा सामग्री समेत खरिद प्रक्रिया अगाडि बढाइसकेको छ ।

मोबाइल तथा आधारभूत दूर’सञ्चार सेवा सञ्चालनका लागि युनिफाइड लाइसेन्स पाउन नसकेको सीजी तत्काल इन्टरनेट सेवामा के’न्द्रीत भएको हो । ब्याण्डविथ आयात तथा इन्टरनेट सेवा सञ्चालनका लागि कम्पनीले नेपाल दूर’सञ्चार प्राधिकरणबाट यस अघि नै नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र लिइसकेको छ ।

अप्टिकल फाइबर नेटवर्कको निर्माणमा आधारभूत दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स लिएर फाइभजी सेवामा आक्रामक रुपमा प्रस्तुत योजना समेत कम्पनीले बनाएको छ । यसैगरी सीजी टेलिकम अब पब्लि’क लिमिटेड कम्पनीको रुपमा दर्ता भएको छ ।

यसअघि प्रालिको रुपमा सञ्चालित उक्त कम्पनीले अब भने सीजी कम्यु’निकेसन्स लिमिटेडको रुपमा काम गर्नेछ । कम्पनीका जनरल म्यानेजर मधुसुधन पौडेलका अनुसार कम्पनीले केही समय अघि नै कम्पनी रजि’ष्ट्रार कार्यालयबाट नाम परिवर्तनको काम सम्पन्न गरिसकेको छ ।

यसैगरी नियामक प्राधिकरणमा समेत नाम परिवर्तनको विषयमा जानकारी गराएर स्वी’कृति लिने काम भइसकेको छ । लामो समयदेखि जीएसएम मोबाइल सेवाको लाइ’सेन्सको पर्खाइमा बसेको सीजीले हालसम्म सरकारबाट उक्त लाइसेन्स प्राप्त गर्न सकेको छैन ।

अनुम’तिपत्र पाएको खण्डमा सस्तो मूल्यमा इन्टरनेट तथा टेलिफोन सेवा उपलब्ध गराउने बताउँदै आएको चौधरी ग्रुपले आफ्नो दायीत्व पुरा गर्ने क्रममा कम्पनीलाई लिमिटेड बनाएको जनाएको छ ।-टिचपानाबाट।

प्रतिकृया दिनुहोस्