शुक्रबार , असार ४, २०७८

खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना सङ्क्रमण

चैत्र ८, २०७७ आइतबार 6

काठमाण्डाै – खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई को’रोना भा’इरसको सङ्क्र’मण पुष्टि भएको छ ।

को’रोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ ।

उहाँले बिहीवार मात्रै को’रोना विरु’द्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  पाकिस्तानी प्रधानमन्त्री खान पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो । पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्र’मितको संख्या बढ्दै गएपछि केहि सहरमा आं’शिक लकडाउन लगाइएको छ ।

स’ङ्क्रमितको बढ्दो संख्याले चिन्तित बनाएको र जो’खिमपूर्ण तेस्रो लहरको खत’रा रहेको प्रधानमन्त्री खानको भनाइ छ । पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा को’रोना पु’ष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको ज्यान गइसकेको छ ।   

प्रतिकृया दिनुहोस्