मंगलबार , साउन १२, २०७८

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

जेठ ३०, २०७८ आइतबार 108

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।आइतबार वक्तव्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन।

प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको उल्लेख गरेकी छन्।लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी छन्।त्यही भएर जसपा

लुम्बिनीले उनीहरूका लागि भनेर ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेकोजसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।सरकारमा सहभागी भएकाहरू महन्थ-राजेन्द्र पक्षधर हुन। जो केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी छन्

यसअघि जसपाले कारबाही गरेपछि चार सांसद पद गुमेको थियो। उनीहरू सर्वोच्च पुगेपछि त्यो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश आएको थियो। वैशाख १७ गतेको

राष्ट्रिय सभाको उपनिर्वाचनको पूर्वसन्ध्यामा मात्रै यी चार जना सांसदलाई निर्वाचन आयोगले मताधिकार दिएको थियो।लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ-राजेन्द्र पक्षधर छन भने बाबुराम-उपेन्द्र पक्षधर २ जना सांसद रहेका छन्।

प्रतिकृया दिनुहोस्