मंगलबार , साउन १२, २०७८

धर्मशास्त्रका अनुसार आइतबार सूर्य देवताको पुजा गर्दा मिल्नेछ खुशी

जेठ ३०, २०७८ आइतबार 164

साताको पहिलो दिन अर्थात आइ’तबार सबेका लागी महत्वपूर्ण हुन्छ । साताकै पहिलो दिन भएकाले मानिसहरुले आफ्नो नयाँ योजना अनुसार यो दिनलाई सदुपयोग गर्ने योजना बुनि’रहेका हुन्छन् भने यो दिन खासमा भगवान् सूर्य देव’ताको दिनका रुपमा पनि हेरिन्छ ।

ज्योतिष शास्त्र’का अनुसार आजको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ता’उनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता तामसी भोजन खानु हुँदैन ।

आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुला’ई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्य’क हुन्छ । यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रस’हित अर्घ दिँदा पुण्य कमिन्छ । आजको दिनमा सूर्य अर्घ्य मन्त्र–

ॐ ऐही सू’र्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।
ॐ सूर्याय नमस् , ॐ आदित्याय नमस्, ॐ नमो भास्कराय नमस्।
अर्घ्य समर्पयामि।। जप्दै काम गर्दा मनोका’मना पूरा हुने शास्त्रमा उल्लेख छ ।

यो पनि प’ढ्नुहोस्: तपार्इं नयाँ वर्षमा घुम्न जाने ठाउँ खोज्दै हुनुहुन्छ भने तपाईंका लागि पाँचथरका तीन ठाउँ उपयुक्त गन्तव्य हुन सक्छ । गुराँस र चाँपको फूलले रङ्गीन डाँडामा तपाईंले नयाँ वर्षलाई भरपुर आनन्ददायक बनाउन सक्नुहुन्छ । जसका लागि तपाईंलाई धेरै खर्च लाग्ने वा कसैको माध्यम खो’जिरहनुपर्ने बाध्यता हँुदैन । नयाँ गन्तव्यमा पुग्ने तपाईंलाई प्रकृतिको उपहार र स्थानीय:वासीको व्यवहारले घुमिरहौँ लाग्नेछ ।

पूर्वका पर्यट’कीय क्षेत्र भन्ने वित्तिकै सबैको नजर पर्ने इलाम र ताप्लेजुङको बीचमा खुम्चिएको पाँचथरमा पर्यटक रमाउने त्यति धेरै गन्तव्य छैनन् । भएका गन्तव्यमा पूर्वाधार बनिनसकेको तथा प्रचारको अवस्थाको कमी छ । तर वसन्त ऋतुको आगम’नसँगै उच्च पहाडको रुप बदलिन्छ । एकै ठाउँबाट हिमाल र तराई देखिने डाँडाकाँडा गुराँसको फूलमाथि पाइला चाल्दै पुग्नुपर्छ । चिसो सिरेटोसँगै कोइलीको कुहुकुहुदेखि चौँरी र भेडाका घण्टीको ‘टिङटिङ’ आवाज’ले आनन्दको चरमोत्कर्षमा पु¥याउँछ ।

त्यसैले नयाँ वर्षमा यहाँले पाँचथरका तीन गन्तव्यमा घुमघामको चाँजोपाजो मिला’उन सक्नुहुन्छ । पहिलो ः लब्रेकुटीदेखि लोहाकि’लसम्म झापाको विर्तामोडबाट ट्याक्सी चढेर करिब चार घण्टाको यात्रापछि आठ हजार २०० फिट उचाइमा रहेको पौवाभञ्ज्याङ बजार आइपुगिन्छ ।

मौसमअ’नुसारका स्थानीय उत्पादनको स्वाद लिन पाइने पौवाभञ्ज्याङमा अडिएर स्थानीयवासीसँग कुरा गरेपछि तपाईं’लाई पहिले कता जाऔँ भन्ने हुटहुटी हुन्छ । किनकी वरिपरि सबै घुम्ने ठाउँ मात्रै भेटिन्छन् । मेची राजमार्गमै पर्ने कान्छी’दोकान बजार पुगेर घुमघामको शुरुआत गर्नु सहज हुन्छ ।

त्यहाँबाट करिब दुई कि’लोमिटर यात्रापछि लब्रेकुटी पुगिन्छ । किराँत धर्मगुरु फाल्गुनन्दले साधना र ध्यानबाटै पानी उमारेको विश्वास गरिने यो पवित्रस्थ’लमा किराँत धर्मावलम्बीका मौलिकतासँगै अध्यात्म र रमणीय प्रकृतिको सुगन्ध भेटिन्छ । लब्रेकुटी माङहिम (मन्दिर) र माङहिममाथि रहेको गुराँसको जङ्गल घुम्दा दिन बितेको पत्तो हुँदैन ।

गुराँसका स–साना बोटले बनेको स्वागतद्वारले पर्यटक’लाई सधैँ कुरिरहेको छ ।समय रहेमा फाँटिलो चौरबाट निर्माणाधीन सिंढीमार्ग हुँदै तपाईं सिलौटी लाग्नुहोस् । सिलौटी महागुरु फाल्गुनन्दको समाधि भएको अग्लो डाँडो हो । किराँतीहरुले कुम्भकर्ण (फक्ताङलुङ) लाई मोक्षस्थल मान्दछन् । तर फक्ताङलुङ पुग्न नसक्नेहरु सिलौटीबाटै फक्ताङलुङ दर्शन गरी मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ ।

त्यही कारण यहाँ फाल्गुनन्दको समाधि रहन गएको हो ।लब्रेकुटी वा सिलौटी घुमे’पछि कान्छीदोकान बजार हुँदै केही किलोमिटर यात्रा गरेर लालीखर्क पुग्न सकिन्छ । जहाँ घरबास (होमस्टे) मा स्थानीय उत्पादनका मिठा परिकार खा’न पाइन्छ । त्यहाँबाट फर्केर पौवाभञ्ज्याङ पुग्न सकिन्छ । जहाँबाट उत्तर लागे साधुटार पुगिन्छ, पूर्व लागे लोहकिल, अनि द’क्षिणपूर्व लागे सिलौटी । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्