शुक्रबार , साउन १५, २०७८

कर्णालीका १० वटै जिल्ला अस्पताललाई प्रारम्भ फाउण्डेशनको सहयोग

जेठ ३१, २०७८ सोमबार 163

प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई २/२ थानका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो।

प्रारम्भ र फाउण्डेशनले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई प्रदेशका १० वटा अस्पतालका लागि उक्त सामग्री हस्तान्तरण गरेका हुन्। आनी छोइङ्ग डोल्मा फाउण्डेशनकी अध्यक्ष एवं गायिका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसका लागि

नेपाल प्रतिनिधिसमेत रहेकी प्रारम्भ अध्यक्ष कल्पना क्षेत्री एवं सदस्य सुनैना क्षेत्रीले संयुक्त रुपमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेका थिए।को’रोना महामारीको पहिलो लहर देखिनै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनले नयाँ भेरीएण्टसहितको

महामारी फैलिएसँगै भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, पीपीइ, अक्सिमिटर, फर्स्ट एड किट्सलगायत सामाग्री सहयोग गरिरहेको प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए।

उनका अनुसार सरकारी तथा सामुदायिक अस्पताल, कोभिड विशेष अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्राथमिकता दिएर राज्यले गरिरहेका गतिविधिमा सहयोग पुगोस् भन्ने हेतुले दुवै संस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्