शुक्रबार , साउन १५, २०७८

कोशीमा कुनै खतरा छैन : प्रजिअ ढकाल

असार २, २०७८ बुधबार 173

धरान । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सप्तकोशी नदीमा केही बहाव बढे पनि कुनै खतरा नरहेको बताउनुभएको छ ।

उहाँले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताउँदै पानीको बहावमा वृद्धि भएपनि कुनै खतरा नरहेको स्पष्ट पार्नुभयो ।

ढकालका अनुसार अहिले कोशीमा पानीको बहाव ६४ हजार क्युसेक रहेको छ । कोशी ब्यारेजको १२ ढोका खुला गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

न्युज २४ सँग कुरा गर्दै ढकालले भन्नुभयो, ‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । त्यहाँ अहिले ६४ हजार क्युसेक रहेको छ, ६४ हजार क्युसेक भनेको समान्य हो ।’

उहाँले किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन पनि बताउनुभयो । ढकालले भन्नुभयो, ‘नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’

प्रतिकृया दिनुहोस्