मंगलबार , साउन १२, २०७८

विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा जारी

असार २, २०७८ बुधबार 71

काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ ।

मुलुकको विभिन्न स्थानमा बाढीले जनधनको क्षति भएको भन्ने खबर प्राप्त भएपछि सिंहदरबारमा समितिको बैठक बसिरहेको हो । मंगलबारको

बाढीले सिन्धुपाल्चोकको विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा जनधनको क्षति गरेको छ । त्यस्तै मुलुकका अन्य भू-भागमा पनि बाढीले क्षति पुर्याइरहेको

छ । सिंहदरबारमा जारी बैठकले बाढी पहिरो पीडित र प्रभावितका लागि कसरी सहज वातावरण सृजना गर्ने बिषयमा छलफल गरिरहेको छ ।

बाढी पहिरो प्रभावितका लागि राहत, उद्धार र व्यवस्थापनको तयारी स्वरुप सरकराले पूर्वतयारी गरिरहेको हो । मंगलबारको बाढीले प्रदेश ३ र गण्डकी

प्रदेशका दर्जनौं जिल्लाहरुमा ठूलो मात्रामा जनधनको क्षति गरेको छ ।बर्खा लागेसँगै नेपालमा ठूलो मात्रामा नागरिकहरु प्रभावित हुने सरकाले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्