शुक्रबार , साउन १५, २०७८

लगातार दोस्रो खेलमा जित निकाल्दै इटाली पुग्यो अन्तिम १६ मा

असार ३, २०७८ बिहिबार 126

युरो २०२० मा इटाली लगातार दोस्रो खेलमा विजयी भएको छ। इटालीले बिहीबार विहान सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-०

गोलले पराजित गरेको हो। इटालीको जितमा लोकाटेलीले दुई गोल गर्दा इमोबिलले एक गोल थपे। लोकाटेलीले २६ र ५२ मिनेटमा गोल गरेका थिए।

इमोबिलले ८९ मिनेटमा तेस्रो गोल गरे। इटालीले समूह ‘ए’ मा लगातार दोस्रो खेलमा जित निकालेको हो। यसअघि इटालीले टर्कीलाई पनि ३-० गोलले

नै हराएको थियो। लगातार दोस्रो खेलमा जित निकालेसँगै इटाली अन्तिम १६ मा पुगेको छ। इटाली जारी युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टिम पनि बन्यो।

यता समूह ‘ए’ कै खेलमा वेल्सले टर्कीलाई २-० गोलले पराजित गर्‍यो। वेल्सको जितमा रामसीले ४२ मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफको इन्जुरी टाइममा रोबर्टले

वेल्सका लागि दोस्रो गोल गरे। वेल्सको यो पहिलो जित हो भने टर्कीको लगातार दोस्रो हार हो। यसअघि वेल्स र स्विट्जरल्यान्डले बराबरी खेल्दै अंक बाडेका थिए।

प्रतिकृया दिनुहोस्