शुक्रबार , साउन १५, २०७८

सर्वोच्चले भन्यो, ‘चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु’

असार ४, २०७८ शुक्रबार 155

काठमाडौं । सर्वोच्च अदालतले चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासले ढुंगा, गिटी बालुवा

निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।सरकारले आगामी आर्थिक

वर्षको बजेट वक्तव्यमा वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने व्यवस्था गरेपछि सोविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रतिकृया दिनुहोस्