मंगलबार , साउन १२, २०७८

नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी

असार ४, २०७८ शुक्रबार 181

नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको

छ । नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङग्री काउन्टीको रोङसिया शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको प्रवाह रोकिएको जनाइएको छ । सो बारेको सूचना आएकोले कुनैपनि समयमा तामाकोशी नदीमा

पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ । सूचनामा भनिएको छ– ‘नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोवास गर्नुहुने सम्पुर्ण

दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजग रहन, कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान हुन अनुरोध छ ।’ साथै स्थानीय तहका अधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्