मंगलबार , साउन १२, २०७८

ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनालाई को’रोनाको खोप लगाइयो

असार ५, २०७८ शनिबार 110

ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई को’रोनाविरुद्धको खोप लगाइएको बताइएको छ । समाचारअनुसार शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो । सो देशमा केही महिनायतादेखि

नै को’ रोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ । तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ ।ब्राजिलमा अहिलेसम्म यहाँका ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६

करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन् । ब्राजिलले यही वर्षको जनवरीदेखि नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेको हो । ब्राजिलमा कोरोना भाइरसले असर गर्ने विश्वकै सबैभन्दा बढी प्रभावित गर्ने देशहरुको सुचीमा

दोस्रो स्थानमा पर्दछ । अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान गएको छ । ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणका कारण चार लाख ९५ हजार भन्दा बढी नागरिकको मृ’त्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा

जनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ७६ लाख जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ ।

त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् । ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्