शुक्रबार , साउन १५, २०७८

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा

असार ६, २०७८ आइतबार 156

काठमाडौं । पोर्चुगलका स्टाइकर तथा विश्व प्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ३ सय मिलियनले फलो गरेका छन् । यो सँगै उनी इन्स्टाग्राममा ३०० फलाअर्स पुग्ने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् ।

त्यस्तै उनीपछि सर्वाधिक फलोअर्स भएका खेलाडीमा द रक रहेका छन् । उनलाई २ सय ४६ मिलियनले फलो गरेका छन् । त्यस्तै तेस्रो धेरै फलोअर्स पाएका खेलाडीमा अर्जेनटीनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । उनलाई २ सय १९

मिलियनले फलो गरेका छन् । त्यस्तै इन्स्टाग्राममा धेरै फलोअर्स पाउने लिष्टको चौथो नम्बरमा ब्राजिलका स्टाइकर नेयमार रहेका छन् । उनलाई १ सय ५२ मिलियनले फलो गरेका छन् ।
क्रिष्टियानो रोनाल्डोले जारी युरो कपमा पनि केही एतिहासिक

रेकर्डहरु बनाएका छन् । उनले हंगेरी बिरुद्ध २ गोल गर्दा युरो कपमा हालसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनेको थियो । उनले गत हप्ता हंगेरीबिरुद्धको खेलमा २ गोल गरेपछि यसअघि युरो कपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्डलाई तोडेका थिए ।

त्यस्तै उनी युरो कपमा ५ पटक खेल्ने एकमात्रै खेलाडी बनेका छन् । त्यस्तै युरो कपमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलालडी पनि बनेका छन्। यसअघि पेलेले ३५ वर्षमा गोल गरेर रेकर्ड बनाएका थिए । अहिले रोनाल्डो ३६ वर्ष पुगिसकेका छन् ।

प्रतिकृया दिनुहोस्