शुक्रबार , साउन १५, २०७८

विमलेन्द्रनिवासमा शशांक र प्रकाशमान

असार ७, २०७८ सोमबार 97

काठमाडाैं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई आफ्नो

निवासमा डाकेका छन्। वैवाहिक वर्षगाँठको अवसर पारेर भएको कार्यक्रमका लागि भन्दै दुई नेतालाई निधिले मध्यबानेश्वरस्थित निवासमा बोलाएका हुन्।

निधि निवासमा भएको भेट तीन नेताले पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल गरेका छन्। बैठकमा सहभागी नेता सिंहले भने,‘पार्टी महाधिवेशनका

विषयमा छलफल गर्‍यौं। कुराकानी गर्दै जाने सल्लाह भएको छ।’ महाधिवेशन केन्द्रित भएर कुनै निर्णय भने गरिनसकिएको उनले बताए। संवादले निरन्तरता

पाउने सिंहले बताए। विपक्षी गठबन्धन र कोरोना महामारीका सन्दर्भमा पनि तीन नेताबीच छलफल भएको बताइएको छ। बाढीपहिरो पीडितलाई राहत तथा

उद्धारमा सरकार सक्रियता नदेखिएकोप्रति कुरा भएको नेता सिंहले बताए। तीनैजना नेता आसन्न महाधिवेशनमा सभापतिका प्रत्यासी हुन्। साथै, कांग्रेसमा तीनै नेताको पारिवारिक विरासत पनि छ।

प्रतिकृया दिनुहोस्