मंगलबार , साउन १२, २०७८

आजबाट प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा निरन्तर सुनुवाइ

असार ९, २०७८ बुधबार 75

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदैछ ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुनेछ । प्रतिनिधिसभा

विघटन बिरुद्ध ३० रिट परेकोछ । निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । साथै, नेपाली कांग्रेसका सभापति

शेरबहादुर देउवा सहित १ सय ४६ जना प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न

परमादेशको माग गरेका छन् । इजलासमा जबरा सहित ५ न्यायाधीश छन् । न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद

खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य हुन् । जेठ २६ गते लामो विवाद अन्त्य गर्दै संवैधानिक इजलासले अन्तिम सुुनुवाइका

लागि नौ बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको थियो । सर्वोच्चले अन्तिम सुनुवाइ लामो र पट्यारलाग्ने हुनुका साथै अनावश्यक

समय खर्च नहोस् भनेर बहसमा उपस्थित हुने सबै कानुन व्यवसायी, सरकारी वकिल र एमिकस क्युरीको हकमा पनि समय तोकेको छ।

प्रतिकृया दिनुहोस्