मंगलबार , साउन १२, २०७८

नेप्से ५३ अंकले घट्यो

असार ९, २०७८ बुधबार 120

काठमाडौँ । आज नेप्से सूचक ५३.८८ अंकले घटेर २८५९.९६ को बिन्दुमा पुगेको हो ।

आज ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको

१ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । आज राधी विधुत कम्पनी र

ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सबैभन्दा बढि कालीका पावर कम्पनीको सेयरमुल्य

५.६० प्रतिशतले घटेको छ आज सबै समूहको समूहगत सुचक घटेर राताम्य भएको छ । विकास बैंकको समुहगत सूचक सर्वाधिक

बढी ३.४९ प्रतिशत घटेको छ भने हाईड्रोपावर समुहको २.४७ प्रतिशतले घटेको छ । आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि

५४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्योरेन्स कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्