शुक्रबार , साउन १५, २०७८

समाचार पढ्दै गर्दा प्रस्तोताले तलब नपाएको बताएपछि…

असार १०, २०७८ बिहिबार 151

अफ्रिकी टेलिभिजनमा प्रत्यक्ष समाचार पढिरहेको समयमा एक समाचार प्रस्तोताले आफुहरुले तलब नपाएको बताएपछि

अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुगेको छ । अफ्रिकी मुलुक जाम्बियाको केबिएन टेलिभिजनका प्रस्तोता कविन्दा

कालिमिनाले समाचार पढ्दै गर्दाको समयमा आफूहरुले तलब नपाएको बताएपछि उक्त विषयले चर्चा पाएको हो । केबिएन

टेलिभिजनमा जुन १९ का दिन प्रसारण भएको समाचार बुलेटिन वाचन गर्ने क्रममा समाचार वाचक कालिमिनाले आफ्ना साथीहरु

सँगै आफूले टेलिभिजनबाट तलब नपाएको खुलासा गरेका थिए । उनले समाचार पढ्ने क्रममा मुख्य समाचारका शीर्षकहरु पढिसकेपछि आफूले

समाचार पढिरहेको टेलिभिजनले कर्मचारीलाई तलब नदिएको बताएका थिए । उनले आफूसहित आफ्ना साथीहरुले तलब नपाएको उल्लेख गरेका हुन् ।

आफूहरुले तलब नपाएको खुलासा गर्ने क्रममा उनले यसरी सुरुवात गरेका थिए, ‘समाचारबाहेक महिला तथा सज्जन वृन्द, हामी पनि मानव हौँ, हामीले

भुक्तानी पाउनुपर्छ । दुर्भाग्यवश केबिएन टेलिभिजनमा हामीले भुक्तानी पाएका छैनौँ ।’ कालिमिनाले समाचार पढ्दै गर्दा आफूले तलब नपाएको खुलाउन पुगेका थिए । यहाँ उनले बोलेको हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्