शुक्रबार , साउन १५, २०७८

डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेको भन्दै डब्लूएचओकाे चिन्ता

असार ११, २०७८ शुक्रबार 548

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकोे भन्दै चिन्ता व्यक्त गरेको

छ । यही अनुपातमा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको डब्लूएचओले जनाएको छ । डब्लूएचओका

अनुसार अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको छ । पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको

पाइएको  छ । अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१

देशमा फैलिएको छ । डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको

जनाएको छ । डेल्टा, अल्फा भेरियन्ट भन्दा तीव्र गतिमा फैलने गरेको पाइएको छ । डेल्टा भेरियन्ट भारत, नेपाल लगायत देशमा भेटिएको छ ।

प्रतिकृया दिनुहोस्