मंगलबार , साउन १२, २०७८

आफुलाई अग्लो देखाउन प्रचण्डले राजालाई गुहारे- नेता पोखरेल

असार ११, २०७८ शुक्रबार 63

काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादीका अध्यक्ष

पुष्पकमल दाहाल प्रचण्डले आफुलाई अग्लो देखाउन राजालाई गुहारेको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजीक सञ्जालमा लेख्दै नेता

पोखरेलले यस्तो बताएका हुन् । ‘राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा

भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र?’ उनले लेखेका छन् । प्रचण्डले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत,

मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको उल्लेख गर्दै अहिलेकी राष्ट्रपति भन्दा राजाको सान त थियो भनेर टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस्