शुक्रबार , साउन १५, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण : वरिष्ठ अधिवक्ता अर्याल

असार ११, २०७८ शुक्रबार 27

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको दावी गरेका छन् । प्रतिनिधिसभा

विघटन विरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै उनले प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ

खाएको स्मरणसमेत गराए । ‘त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभयो तर, आफैले खाएको शपथको पालना गर्नुभएन,’

रिट निवेदकका तर्फबाट बहस गर्दै उनले भने । राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा टिकट टाँसेको चिठी (जसपा र प्रधानमन्त्रीले पठाएको)

लाई आधार मानेर वदनियतपूर्ण निर्णय गरेको उनको भनाइ छ । संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखिएको उनले जिकिर गरे ।

‘यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन ।’त्यस्तो अधिकार दिइएको भए संविधानमै प्रस्ट लेखिन्थ्यो भन्ने उनको तर्क थियो ।

प्रतिकृया दिनुहोस्