मंगलबार , साउन १२, २०७८

मुल्तानले पहिलो पटक जित्यो पीएसएलको उपाधि

असार ११, २०७८ शुक्रबार 45

मुल्तान सुल्तानले पाकिस्तान सुपर लिग (पीएसएल) छैठौं संस्करणको उपाधि जितेको छ । गएराति युएईमा सम्पन्न फाइनलमा पेशावर जल्मीलाई ४७ रनले हराउँदै मुल्तानले पीएसएलको उपाधि जितेको हो ।

मुल्तानले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको पेशावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्र बनाउन सक्यो ।उसका लागि सोयब मलिकले ४८, कमरन अकमलले ३६, रोभम्यान पावेलले २३ र शेरफन

रदरफोर्डले १८ रन बनाए ।बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।बलिङमा इमरान ताहिरले तीन, ब्लेसिङ मुजारबानी, इमरान खानले दुई/दुई र सोहेल तनवीरले एक विकेट लिए ।

यसअघि, यूएईको आबुधाबीस्थित शेख जायदरंगशालामामा टस हारेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।उसका लागि शान मसुद र मोहम्मद रिजवानले ६८ रनको

ओपनिङ साझेदारी गरे । मसुद ३७ र कप्तान रिजवान ३० रनमा आउट भए ।त्यसपछि सोहेब मक्सूद र राइलो रोस्सोले आक्रामक ब्याटिङ गर्दै ९८ रनको उत्कृष्ट साझेदारी गरे।मक्सूदले ३५ बलमा

अविजित ६५ र रोस्सोले २१ बलमा ५० रन बनाए । खुशदील साह १५ रनमा अविजित रहे ।बलिङमा पेशावरका समीन गुल र मोहम्मद इमरान दुई/दुई विकेट लिए ।यसअघि पहिलो क्वालिफायरमा मुल्तानले इश्लामावाद

युनाइटेडलाई ३१ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।पेशावरले दोस्रो इलिमीनेटरमा इश्लामावादलाई नै पराजित गर्दै

फाइनलमा स्थान पक्का गर्न सफल भएको थियो ।सन् २०१७ को पीएसएल ट्रफी हात पारेको पेशावर यो सँगै लगातार दोस्रो पटक उपाधि जित्नबाट चुक्यो।

प्रतिकृया दिनुहोस्