शुक्रबार , साउन १५, २०७८

दमकका सात विद्यालयमा खानेपानी सुविधा

असार ११, २०७८ शुक्रबार 167

दमक । रोटरी क्लब अफ दमकले यहाँका सात सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । हेप्पी स्कूल कार्यक्रमअन्तर्गत रोटरीले स्वच्छ खानेपानीको

सुविधा पु¥याउन दमकका विभिन्न सात विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ ।दमक रोटरीका पूर्व अध्यक्षसमेत रहनुभएका खानेपानी परियोजनाका संयोजक सन्दिप चापागाईले

खानेपानीको धारा नपुगेका ग्रामीण भेगका विद्यालयमा त्यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।यसै क्रममा दमक—४ स्थित अडियामलमा रहेको विद्योदय आधारभूत विद्यालयमा निर्मित खानेपानी परियोजनाको

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उद्घाटन गर्नुभयो । रोटरीले सो खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण पनि गरिसकेको छ ।

रोटरीले प्रत्येक वर्ष हेप्पी स्कूल कार्यक्रमअन्तर्गत स्थानीय सामुदायिक विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन त्यस्तो परियोजना सञ्चालन गर्दै आएको छ ।

रोटरी क्लब अफ दमककी अध्यक्ष शान्ता नेपाल ढकालले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी बर्सेनी परियोजनामार्फत

खानेपानीको व्यवस्था गरिंदै आएको बताउनुभयो ।रोटरीले आन्तरिक स्रोत जुटाएर स्वच्छ पिउने पानीका लागि ट्याङकीलगायतका संरचना निर्माण गरिआएको छ ।

प्रतिकृया दिनुहोस्