मंगलबार , साउन १२, २०७८

प्रवासीको जन्मभूमीप्रतिको माया

असार १३, २०७८ आइतबार 232

पाल्पा : पाल्पाली परिवार ओमनले पाल्पा जिल्लाका ३ विद्यालयमा १ लाख ३३ हजारको अक्षयकोष खडा गरिदिएको छ ।पाल्पाली परिवार ओमनले श्री कुनसरे आधारभूत विद्यालय तानसेन–६ का लागि ४१ हजार,

श्री बालकन्या भगवती आधारभूत विद्यालय गडसालका लागि ४१ हजार र श्री महेन्द्र जनता प्राथमिक विद्यालय रिब्दिकोट पाल्पाका लागि ५१ हजारको अक्षयकोष खडा गरिएको हो ।शनिवार श्री कुनसरे आधारभूत विद्यालय र

श्री बालकन्या भगवती आधारभूत विद्यालय गडसालमा आयोजित एक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि पाल्पाली परिवार ओमनका कोषाध्यक्ष शिव प्रसाद गैरेले पाल्पा जिल्लाको शिक्षा क्षेत्रमा योगदान

गर्ने उद्देश्य अनुसार यो अक्षयकोष खडा गरिएको बताउनुभयो ।पाल्पा जिल्लाको शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि गरिब र जेहेन्दार विद्यार्थीका लागि सहयोगार्थ यो अक्षयकोष यो वर्ष ३ वटा विद्यालय छनौट गरि खडा गरिको पाल्पाली

परिवार ओमनकाअध्यक्ष गणेश प्रसाद पाण्डेले जानकारी दिँदै आगामी वर्षहरुमा पनि यो कार्यलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

कार्यक्रममा पाल्पाली परिवार ओमन पाल्पाका सदस्य दिल बहादुर रानाले संस्थाको स्थापनासंगै समाजसेवामा लागिरहेको बताउनुभयो ।कार्यक्रममा कुनसरे

आधारभूत विद्यालयका प्रध्यनध्यापक इन्द्र बहादुर सारुले प्रवासीहरुले आफ्नो जन्मथलो प्रतिको माया र जिम्बेवारी सम्झी आफ्नो परिवारको गासकाटेर यसरी स्कुलमा अक्षयकोष स्थापना गरिदिनु

भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टिका बहादु थापाले यो मानवधर्ममा लाग्नु भएकोमा पाल्पाली परिवार ओमनलाइ शुभकामना ज्ञापन व्यक्त गर्नुभयो ।

यस्तै श्री बालकन्या भगवती आधारभूत विद्यालयका वि।व्या।समितिका अध्यक्ष दामोदर घिमिरे प्रध्यनध्यापक पुष्करनाथ रेग्मीले परोपकारी भावनाका साथ अगाडि बढ्दै गएको पाल्पाली परिवार

ओमनलाई शुभकामना व्यक्त गर्दे यस कोषले विद्यालयमा पढ्न आउने गरिव तथा जेहेनदार विद्यार्थीको हौसला मात्र नभई पढाईप्रति पनि रुची वढ्ने बताउनुभयो ।

कार्यक्रम पाल्पाली कलाकार कमल भट्टराईले व्यावस्थापन र संचालन गर्नु भएको थियो भने कार्यक्रममा पाल्पाली परिवार ओमनका सदस्य ईश्वरी बस्याल र शिव डुम्रेको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्