मंगलबार , साउन १२, २०७८

२७ अंकले बढ्यो बजार, दुई कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

असार १३, २०७८ आइतबार 82

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७ अंकले बढेको छ।

सो अंकको वृद्धिपछि परिसूचक २८७० अंकमा कायम भएको छ। यस दिन जम्मा ७ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

बैंकिङ समूहले नै यस दिन बजारलाई उचालेको छ। बैंकिङ ३८, ब्यापार ४७, जलविद्युत ७६, उत्पादन २८, अन्य ५ र माइक्रोफाइनान्स समूह

४ अंकले बढेका छन्। होटल तथा पर्यटन ४२, विकास बैंक ५९, फाइनान्स ३९ र निर्जीवन बीमा समूह ४० अंकले घटेका छन्।

यस दिन सेन्चुरी  कमर्सियल बैंक र माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै युनाइटेड इदी मर्दीको मूल्य ७

प्रतिशतले बढ्यो। रिडी हाइड्रो र सिभिल बैंकको मूल्य ६ प्रतिशतले बढ्यो। गोर्खा फाइनान्सको मूल्य ४ प्रतिशतले घटेको छ भने प्रोग्रेसिभ

फाइनान्सको मूल्य साढे ३ प्रतिशतले घट्यो।  कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ४० करोड

रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य ५ प्रतिशतले बढेको छ। त्यस्तै सेन्चुरी कमर्सियल बैंकको ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो।

प्रतिकृया दिनुहोस्