शुक्रबार , साउन १५, २०७८

क्रोएसियाका पेरिसिकलाई कोरोना संक्रमण, स्पेनविरुद्धको खेल गुमाउने

असार १३, २०७८ आइतबार 45

क्रोएसियाका विंगर इभान पेरिसिकले युरो २०२० अन्तर्गत अन्तिम १६ मा स्पेनविरुद्धको खेल गुमाउने भएका छन्।

कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन्। कोएसियाले अन्तिम १६ को खेलमा सोमबार

स्पेनविरुद्ध कोपनहगेनमा खेल्दैछ। अब उनले १० दिनको सेल्फ आइसोलेसनमा बस्नु पर्नेछ। क्रोएसियन फुटबल एसोसिएनका अनुसार

कोरोनाका कारण अब उनले १० दिनभित्रमा हुने कुनै पनि खेल खेल्नेछैनन्।३२ वर्षीय पेरिसिक क्रोएसियाका लागि सय अन्तर्राष्ट्रिय खेल पूरा

गर्ने खेलाडी हुन्। सन् २०१८ को विश्वकपमा क्रोएसियाले विश्वकपको फाइनलमा स्थान बनाउदा उनले प्रभावशाली खेल देखाएका थिए।

युरो २०२० को समूह चरणका सबै खेलमा उनले पहिलो रोजाइमा खेलेका थिए। उनले चेकविरुद्धको खेलमा बराबरी गोल गरेका थिए।

प्रतिकृया दिनुहोस्