मंगलबार , साउन १२, २०७८

सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहयोग सम्झौतामा हस्ताक्षर

असार १३, २०७८ आइतबार 56

कोभिड- १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास

हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा सरकार

र विश्व बैंकबीच हस्ताक्षर भएको छ। सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका

राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे। अर्थसचिव ढुंगानाले यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय

नियमन र ऋण व्यवस्थापन लगायतका क्षेत्रमा थप सुधार गर्न मद्दत पुग्ने बताए। उनले बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका

आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने  जानकारी दिए।  विश्व बैंकका जर्भोसले कोभिड–१९ को

महामारीका बेला नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने र समावेशी, रोजगारी प्रवर्द्धक तथा पर्यावरणीय रूपमा दिगो हुने बताए। उनले भने- ‘कोभिड

महामारीका समयमा मानिसको जीवन रक्षा तथा अर्थ व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरूलाई सघाउन

विश्व बैंक प्रतिबद्ध छ।’ यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलसँग माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस

हदाद जर्भोसले भेट गरे। उनले नेपालमा कोभिड नियन्त्रण तथा न्यूनीकरण र उपचारका साथसाथै आर्थिक विकासलाई पनि जोड दिन आग्रह गरे।

प्रतिकृया दिनुहोस्